सिड्नीमा सामुहिक घटस्थापना गरिदै


  • October 4, 2018


सिड्नीमा सामुहिक घटस्थापना गरिदै

सिड्नी | नेपाली हिन्दु समाज अस्ट्रेलियाले  यसवर्ष पनि बडा दशैं को अवसरमा सामुहिक घटस्थापना तथा जमरा वितरण कार्यक्रम गर्ने भएको छ । पण्डित प्रकाश धोडारीका अनुसार यसवर्ष ग्र्यानाभिल ,हर्न्सबी ,एश्फिल्ड ,डी वाई ,बर्दिया ,कोग्राह र ब्ल्याकटाउनमा अक्टोबर १० तारिख बुधबार बिहान ६ बजेर २४ मिनेट देखि बिहान १० बजेर ३६ मिनेट सम्मको शुभ साइतमा सामुहिक घटस्थापना गरिने छ । नेपालि समुदायको बाक्लो बसोबास रहेको ति स्थानहरुमा विजयादशमीको दिन अर्थात १९ अक्टोबर शुक्रबार बिहान ८ बजे देखि १० बजे सम्म जमरा ,टिका र प्रसाद वितरण गरिने छ । नेपालि हिन्दु सोसाइटी अस्ट्रेलिया र स्थानिय नेपालि संघ सस्थाको सहकार्यमा अक्टोबर १० देखि १९ सम्म नौ दिनसम्म बिधि पुर्बक पुजा पाठ गरि उमारिने छ ।
नेपाली हिन्दु समाज अस्ट्रेलियाले वर्षको दशैंको घटस्थापना र टिकाको साइत पनि सार्बजनिक गरेको छ ।


NNA Team
375 views

सम्बन्धित समाचारहरु