Thursday, April 18, 2024

युनिक कलेजले न्याय पायो


  • October 4, 2018


युनिक कलेजले न्याय पायो

अस्ट्रेलियामा युनिक कलेजले न्याय पायो लामो समय देखि अस्ट्रेलियाको सिड्नीमा रहेर शिक्षा क्षेत्रमा सक्रिय अमरजित खेलाद्वारा संचालित युनिक कलेज ले न्याए पाएको छ I उक्त कलेजले आइप्याड र ल्याप टप अष्ट्रेलियन विद्यार्थीहरुलाई कानुन बिपरित बांडेको मुद्दा खेपेको थियो -‘ मैले पहिला पनि भनेको थिए र आज पनि भन्छु, नियम बिपरित कुनै पनि कार्य गरेको थिइन र गर्दिन पनि, आज यो कुरा प्रमाणित भएर हाई कोर्टले सफाई दिएको छ-‘ कलेज संचालक अमरजित खेलले भने I सन् २००७ मा सिड्नीको ग्रान्डभिलमा स्थापना भएको युनिक कलेज नेपालीहरुमाज लोकप्रिय मानिन्छ, हेर ड्रेसिङ्ग , बिज्नेश म्यानेजमेन्ट र अन्य बिषय अध्यन गर्ने विद्यार्थीहरुका निम्ति यो कलेजले लोकप्रियता हासिल गरेको छ I कोर्टले सफाई दिए पछि अब कलेजले संचालनको अनुमति पाएको छ I -‘ मैले पनि त्यही कलेजमा अध्यन गरेको हु, हामीलाई खासै नियम बिपरित कम गरेको जस्तो लाग्दैन -‘ कलेज का विद्यार्थी सन्नि प्रकास साहीले बताए भने कलेज को लोकप्रियता र सफलताप्रति इर्श्या गर्ने हरुले यो कलेज लाई बन्द गराउन खोजेका थिए, तर जहिले पनि सत्यकै जित हुन्छ भन्ने कुरा आज प्रमाणित भएको छ, कलेज का पूर्व बजार ब्यबस्थापक रबिन्द कुमार शर्माले बताए I यो कलेजले सन् २००८ दखि २०१३ सम्म अस्ट्रेलियामा आयोजना हुने नेपालीहरु का विभिन्न सास्कृतिक कार्येक्रमहरुमा सहयोग वा सहभागिता जनाउदै आएको थियो र अब त्यो कार्यलाई निरन्तरता दिदै जाने कुरा कलेजका संचालक अमरजित खेलाले बताए I

NNA Team
367 views

सम्बन्धित समाचारहरु