Thursday, April 18, 2024

मानव मनोविज्ञान र शासन प्रणाली


  • April 20, 2018


मानव मनोविज्ञान र शासन प्रणाली

संसारमा कतिपय कुराहरू यस्ता छन् जो भन्न, अर्ती उपदेश दिन अति सजिलो हुन्छ तर गर्न अति कठिन हुन्छ । अर्कोतिर भन्न जति कठिन हुन्छ गर्न त्यति नै सजिलो पनि हुन्छन् । कतिपय कुराहरु गर्न भन्न सजिलै हुन्छन् । सामान्यतया सरल कुराहरूसामान्य तथा त्यति धेरै चर्चा परिचर्चा हुने गर्दैनन् । आजकलको भाषामा भन्ने हो भने “हट टपिक्स” भन्ने गरिन्छ । त्यो “हट टपिक्स”भनेकै असामान्य सोचेकोभन्दा फरक विषयहरू हुन् । त्यसैको बारेमा विचार, विमर्श, गफगाफ, छेडछाड भइरहन्छ । यस्ता विषयहरू कतिपय ठाउँमा मजाकका लागि गरिन्छ भने कतिपय ठाउँमा उपलब्ध भएका समस्याका बारेमा कसरी समाधान गर्न सकिन्छ भनेर सभा, गोष्ठी, भाषण, वादविवाद जस्ता क्रियाकलापहरू गरिन्छ गराइन्छ । त्यस्ता विषयहरू प्रायःजसो परिस्थिति र समयको माग अनुसार उत्पन्न भइदिन्छन् । मान्छेको नेचर विचित्रको हुँदोरहेछ । एउटै कुरालाई दश जनासँग सोध्ने हो भने दशथरि भिजन देखा पर्न सक्छ । त्यसैलाई आधार मानेर दशथरि ग्रुप, पार्टी, आदर्श, विचार, समूह, सिद्धान्त, संगठन, अर्गनाइजेसन आदि इत्यादि जेजे भन्न मनलाग्छ, त्यही त्यही उत्पन्न भइदिन्छ । मानिस जन्मँदै इगो लिएर जन्मेको हुन्छ । त्यसलाई विभिन्न नियम, कानुन, नैतिकता आदिले कस्दै परिस्थितिले बाँध्दै केही काम गरिराखेको हुन्छ । तर ठाउँ पाउनासाथ फुत्की हाल्दछ वा जिब्रो चिप्ली हाल्दछ । मान्छे सधैँ परिवर्तन चाहँदो रहेछ । जे छ त्यसमा कतिपय मानिसहरु खुशी देखिन्छन् त कतिपय मानिसहरु अझ बढी केही गरौं भन्ने लागिरहन्छ । खुशी देखिने पनि भित्रभित्रै अझ बढी अरु केही गरौं भनिरहेका हुन्छन् ।

म कुनै दार्शनिक होइन, न त राजनीतिज्ञ नै, न त धार्मिक विज्ञ नै, न त इतिहासकार जस्ले विश्व कुनै सभ्यता, कुनै जाति आदिको खोजीनीति गरेको होस् । त्यही पनि मैले कहिलेकाहीँ देख्दछु, सोंच्दछु, हेर्दछु, यो संसार कसरी चलेको थियो, चलेको छ भनेर । मैले देखिरहेको छु, यो संसार केही समय पहिले धर्मले राज गरेको थियो । जसरी अहिले प्रजातन्त्रले राज गरेको छ । मान्छेले शब्दको आफ्नै तरिकाले व्याख्या गर्छ । मेरो आफ्नै पाराको ब्याख्या गर्ने तरिका छ भने अर्काको अर्कै पाराको व्याख्या गर्ने तरिका हुन्छ । मैले अहिलेको समाजमा वा संसारमा भनुँ वा विश्वमा भनुँ तीन प्रकारको प्रजातन्त्र देखिरहेको छु । एउटाको नेतृत्व अमेरिकाले गरेको छ भने अर्काेको रसिया वा चीनले गरेका छन् । तेश्रो प्रकारको प्रजातन्त्र पनि छ, जस्तो कि युनाइटेड अरव इमिरेट्स । वा छयालिस सालभन्दा पहिलेको नेपाल । सबैका आआफ्नै संविधान छन् । आफ्नै नियम कानुन छन् । सबैका संविधान नियम र कानुन हेर्दा राम्रै छन् । खराब देखिँदैनन् तर गराइ र बुझाइमा फरकपन छ । संसार चलिराखेको छ । कहिलेकाहीँ खटपट त भइ नै हाल्दछ । मेरो विचारमा ती सामान्य नै हुन् । जनताले नेता छान्ने प्रजातन्त्रमा नेताले तलमाथि गर्नेवित्तिकै समय सीमामा जनताले पनि तलमाथि गरिदिन्छन् । कार्यकर्ताले नेता छान्ने प्रजातन्त्रमा नेताले केही अधिकार सदुपयोग गरे वा दुरुपयोग गरे केही कार्यकर्ता आफैले छान्दछन् जसले गर्दा नेताले तलमाथि गरे पनि जनताले तलमाथि गर्न लामै समय कुर्नुपर्ने हुन्छ । शक्तिले नेता छान्ने प्रजातन्त्रमा सैनिक शक्ति पूर्णतया नेताको नियन्त्रणमा हुन्छ । त्यसको लागि ठूलै कुर्वानी गर्नुपर्ने पनि हुन सक्छ यदि नेताले तलमाथि गरेर नियन्त्रण गर्नुप¥यो भने ।

मैले माथि नै भनिसकें जसरी अहिले प्रजातन्त्रको नाममा शासन चलिरहेको छ त्यसैगरी केही सतक पहिले धर्मको नाममा शासन थियो । अहिलेका धर्मग्रन्थहरू त्यसवेलाका संविधान थिए । अहिलेका नियम कानुनहरू त्यसवेला धर्मग्रन्थभित्र समावेश गरिएका थिए । मैले त्यति धेरै धर्मको अध्ययन गरेको छैन तर पनि म सजिलै अनुमान लगाउन सक्छु । पूर्वमा हिन्दु र वौद्ध धर्मले शासन गरेको थियो भने पश्चिममा क्रिश्चियन धर्मले । पूर्व र पश्चिममको बीचमा मुस्लिम धर्म थियो । अहिले पश्चिमजस्तो विकसित धर्मले शासन गरेको वेलामा पूर्वमा विकसित थियो । जसरी अहिले प्रजातन्त्र र विकासको बारेमा अफ्रिका महादेश त्यति चर्चामा आउँदैन, उतिवेला पनि (धर्मको शासनको समयमा) त्यति धेरै चर्चा सुनिँदैन । इजिप्टलगायत उत्तरका केही देशमा भने विकासको चर्चा नभएको होइन । त्यहाँ त्यसवेला पनि विकास भएको हुनुपर्छ । एकैछिन हिन्दु धर्म हेरौं न । यस धर्ममा ब्राम्हण, क्षत्री, बैश्य र शूद्र गरी चार वर्गमा विभाजित गरिएको थियो । यी चार वर्गको लवाइखवाइ फरकफरक रूपमा ब्याख्या गरिएको छ । सबै कामको आधारमा चार वर्ण छुट्याइएको छ । गुण र खुवीको आधारजातभात छुट्याइएको  । मैले त्यो कुनै देवता भनुँ वा शासक शक्तिमा भएको वेला त्यसलाई तलमाथि बनाएर खुबी, ज्ञान र शारीरिक वनावटको अवधारणालाई अपव्याख्या गरेर ब्राम्हणको छोराछोरी ब्राम्हण, क्षत्रीको छोराछोरी क्षत्री हुनेगरी बनाएको देखिन्छ । जसरी अहिले फलपूmल र जनावरमा हेर्ने हो भने राम्रो राम्रो जातको फलपूmल र जनावरबाट पोलिनेसन गराएर राम्रो जातको नयाँ जेनेरेसन निकालेको जस्तै अर्को काष्टसँग मिक्स नगरिकन मानिसमा पनि विवाह गराएर नयाँ सन्तान उत्पन्न गर्ने लजिकले समे कास्ट विवाह गर्ने चलन चलेको पनि हुन सक्छ । महाभारतलाई आधार मान्दा हतियारको बारेमा पनि हेर्ने हो भने धर्म युद्धमा अहिलेकोजस्तै विकसित भएको थियो । महाभारतको लडाइँमा प्रयोग भएका हतियारहरू अहिले विकसित भएका हतियारसँग दाँज्न सकिन्छ । पाण्डव र कौरवका हतियारहरु अहिलेका भन्दा कम थिएनन् ।

टेक्नोलोजीलाई हेर्ने हो भने पनि त्यसवेलामा पनि राम्रो विकसित भएको हुनुपर्छ । भनिन्छ संजयसँग दूरदृष्टिको ज्ञान थियो वा दूरदृष्टि थियो । महाभारतको लडाइँमा अन्धा राजा धृतराष्ट्रलाई संजयले लाइभ वयान गरेको उल्लेख गरिएको छ । खाली त्यसलाई व्याख्या मात्र फरक ढंगले गरिएको छ । नत्र भने अहिलेको लाइभ टेलिभिजनमा र त्यसमा केही फरक देखिँदैन । त्यसवेला पनि पुष्पक विमानको व्याख्या गरिएको छ । यी सबै कुरालाई सूक्ष्म अध्ययन गर्ने हो भने त्यसवेलामा पनि अहिलेको जस्तै विकसित भएको देखिन्छ तर यो कुराहरू अरु धर्मका ग्रन्थहरुमा व्याख्या गरिएको पाइँदैन । हिन्दू धर्म ग्रन्थले पृथ्वीलाई चार युगमा विभाजित गरेको छः सत्य, द्वापर, त्रेता र कली युग भनी । हामी कली युगेको मध्य भागमा व्यतित भइरहेका छौँ । त्यसपछि के हुन्छ थाहा छैन । विज्ञानले पनि सूर्यलाई चार भागमा विभाजित गरेको छ । सूर्य अहिले अन्तिम भागको आधाआधीमा रनिङगरिरहेको छ । त्यसपछि सूर्य विनाश हुन्छ त्यसपछि के हुन्छ भन्न सकिन्न । पृथ्वी गएर अर्को ग्रहमा ठोक्किन पनि सक्छ । अर्कै सूर्यलाई परिक्रमा गर्न पनि सक्छ । के हुन्छ भन्न सकिँदैन । यस कुरालाई गत महिना मात्रै निधन भएका फिलोसफल स्टिफन हकिन्सले पनि व्याख्या गरेर छाडेका छन् । विशेष गरी हिन्दु धर्मग्रन्थहरूमा व्याख्या गरिएको विकास र टेक्नोलोजी सबै महाभारतको लडाइँमा नै समाप्त भएको होला त ? हुन त अहिले ट्रम्प र किम बीच लडाइँ भएर विकसित देशमा महाभारत हुने हो भनेर मजस्ता मात्रै बाँच्ने हो भने यस्तो थियो उस्तो थियो भनेर लेख्नुबाहेक के नै हुन सक्छ र ?


Nepal News Australia
297 views

सम्बन्धित समाचारहरु