विवाह, सम्बन्ध र हाम्रो समाज


  • March 30, 2018


विवाह, सम्बन्ध र हाम्रो समाज

– छोप्राकी

आजकल विस्तारै काम केही नहुँदा वेलुका वेलुका टिभीको च्यानल एकपछि अर्को गर्दै समय बिताउने बानी बसेको छ । त्यसका विभिन्न प्रोग्राममध्ये नचाहँदा नचाहँदै पनि ‘म्यारिज याट फस्ट साइट’ विगत केही हप्तादेखि हेरिरहेको छु । एघार कपलबाट शुरु भएको प्रोग्राम अहिले सातमा झरिरहेको छ । धेरैले रबिस प्रोग्राम भनेर पनि मजस्तै गरी हेरिरहेका दर्शक वा फलोअरहरू धेरै नै रहेछन् जस्तो लागिरहेको छ । किनकि म एउटा तीन÷चार सय मानिस जम्मा भएको मिटिङमा गएको थिएँ । त्यस मिटिङमा पनि आयोजकहरूले पटकपटक यस टिभी प्रोग्रामको बारेमा चर्चा चलेको थियो । त्यस प्रोग्रामका जोडीहरूलालाई नजिकबाट नियाल्यौं भने अरेन्ज म्यारिजमा कसरी भरोसा वा ठिकिरहेको छ, सानातिना कुरामा पनि कसरी कनफिलिक्ट उत्पन्न हुन्छ भन्ने सिक्न सकिन्छ । त्यसता घटनाहरू आफ्ना जीवनमा परेका घटनासँग मिल्दछन् । त्यस प्रोग्रामका क्यारेक्टरहरु हाम्रो समाजमा मिल्दाजुल्दा छन् । मलाई राम्ररी थाहा छ यी जोडीहरु यहाँ पुग्नमा धेरै कुराहरु छन् । शुद्ध हाम्रो जस्तो अरेन्ज म्यारिज गर्ने जोडीहरु होइनन् यिनीहरु । यिनहरुको कल्चरमा लिभिङ टुगेदर गर्ने तर विवाह नगर्ने परम्परा वा चलन सामान्य कुरा हुन् । त्यहाँ गएको जोडीहरु अनेक प्रयत्न गर्दा पनि जीवनसाथी बनाउन नसकेको जोडीहरु हुन् । हुन त कहिलेकाही धेरै कुराहरू राम्रा हुँदाहुँदै पनि कहिलेकाहीं के हुन्छ थाहा हुँदैन, जोडी बन्न सफल हुँदैनन् । त्यसलाई हाम्रो भाषामा भन्नुपर्दा ‘नजुरेको’ वा ‘दिन नआइ पुगेको’ वा ‘भाग्यमा नलेखेको’ भनेर भन्ने गरिन्छ ।

मैले अघि नै भनिसकें यी जोडी भनेका लेफ्टओभर वा विविध कारणले, विशेष गरी आनीवानील्े पारिवारिक जीवन बिताउन असफल व्यक्तिहरुलाई उनीहरुको विचार, रहनसहन खानपिन आदि इत्यादि पाटाहरु जम्मा पारेर तयार पारिएको जोडीहरु हुन् । मैले यसलाई रबिस प्रोग्राम भने पनि मैले हेरिरहेको छु । अझ विगत एक महिनादेखि झन् नियालेर हेर्दैछ । मैले आफेले ती जोडीहरुलाई तीन वर्गमा राखेर अब अर्को हप्ता के हुन्छ भनेर अनुमान गर्दछु । एउटा सामान्य वर्गको जोडी छ । जो हाम्रो जस्तै सामाजमा माने नेपाली अरेन्ज म्यारिजहरुमा हुन्छ । सामान्य असहमति हुन्छ र यो यस्तै हो त्यसलाई सामान्यकरण गर्नुपर्छ भन्छन् । त्यसमा परिवारका सदस्यहरुबाट समस्या उत्पन्न भइदिन्छ । अर्कोथरि जोडी छन् जो लोग्ने मान्छेको विचार र व्इवहारले समस्या उत्पन्न भएको छ । अर्कोचाहिँ स्वास्नी मान्छेको विचार र व्इवहारले । ‘नानीदेखि लागेको वानी कहाँ परिवर्तन हुन्छ र ?’ भने झैं यी जोडीहरुको पनि आनीवानीहरु शुरुदेखि अहिलेसम्म खासै परिवर्तन भएको छैन । यी एघार जोडीमध्ये एकजनाको पनि पारिवारिक यी जोडी सफल हुँदैन भन्ने लागेको थियो । यो मेरो विचारसँग धेरै साथीभाइहरु समहत थिए । तर अहिले आएर हेर्दा दुई÷तीन जोडीको सफल हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

गत हप्ता मात्रै म एक प्रोग्राम ‘वाक फर वमेन्स वेलफेयर’मा गएको थिएँ । त्यहाँ ‘डोमेस्टिक भ्वालेन्स’ र ‘सुसाइड’ जस्ता कुराहरु आएका थिए । अनि मेरो मनमा यिनै जोडीहरुलई नेपाली परिवेषमा राखेर हेरें । मान्छे मान्छे नै हो चाहे त्यो अस्ट्रेलियन, अमेरिकी, वेलाइती होस् वा नेपाली, इण्डियन वा चाइनिज । इच्छा, आकांक्षा, विचार, रहनसहन उस्तै हुन्छन् । होला, सामाज, खानपिन र रंगरोगन फरक होला । औषत मानिसहरु प्रायः एकै प्रकारका वा सामान्य भए पनि केही मानिस वा फरक जुनसुकै, ताज, समाज र सभ्यता भए पनि हुन्छन् । मेरो आप्mनो पढाइको भाषामा भन्ने हो भने ‘आउट लेयर’ भन्ने गरिन्छ । यी आउट लेयरमा पर्नेहरु कुनै कुरामा असाध्यै राम्रा हुन्छन् भने कुनै कुराहरुमा नराम्रा हुन पनि सक्छन् । भेडा र बाख्रालाई सँगै फुकाएर चराउन लैजाने हो भने विस्तारै भेंडा भेंडा भएको ठाउँतिर, बाख्रा बाख्रा भएको ठाउँतिर जान्छ । आआफ्नो विचार मिल्ने समूह बन्दै जान्छ । विचार नमिले बिचैमा लभ, लभमा मात्रै सीमित भएर म्यारिज हुँदैन र ठिकै हुन्छ । तर यो कुरा जति सरल र सजिलोसँग पश्चिमेली समाजमा लागू हुन्छ त्यो कुरा हाम्रो नेपाली समाजमा लागू हुँदैन । लागू नहुने मात्र होइन, त्यसैले बाँकी जीवनभरि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा र सताइ रहन्छ । अझ कतिपय अवस्थामा त व्ल्याकमेल गर्ने परिस्थिति समेत बनाइदिन्छ । अनि विस्तारै यिनै कुराहरुले वृहत रुप लिइदिन्छ । हाम्रो समाजमा अर्कोसँग लिभिङ टुगेदरमा बसेका केटीहरुलाई हेर्ने आँखा फरक छ । डिभोर्स भएको वा अर्कैसँग लिभिङ टुगेदरमा बसेका केटीहरुलाई अरेन्ज म्यारिजमा अझै पनि समाहित गर्न सजिलो छैन । विस्तारै परिवर्तन त हुँदैछ । यिनै कुराले पनि पारिवारिक ठाउँमा तनावको समगरमाथा उत्पन्न गराइदिन्छ । मन मिल्ने वा जात नमिल्ने कारणले पारिवारिक जीवन कठिन हुनेको संख्या विस्तारै बढिरहेको छ । जोडीको आफ्नो परिवार वा बुबाआमासँग सम्बन्ध विच्छेद हुने समस्या निकै बढ्न थालेको छ । एकातर्फ यस्ता कुराहरु छन् भने अर्कोतर्फ पारिवारिक संस्कार नमिलेका जोडीहरु बीच पनि समस्या देखा पर्न थालेको छ । पारिवारिक संस्कार भन्नाले धनी र बीच वा धेरै पढेलेखेको र सामान्य पढाइलेखाइ भएको भन्न खोजिएको हो । अझ अर्को भाषामा वा सरल भाषामा भन्नुपर्दा केटी धनी बाबुआमाकी वा बढी पढेलेखेकी वा बढी कमाउने भएकी छ भने अरुमा भन्दा बढी समस्या वा झगडा भएको पाइन्छ । पुरुषप्रधान नेपाली मानसिकता या हुर्केको मानसिकताले होला, अझै पनि ज्वाइँले घरधन्दा गर्दा फरक पर्दैन तर छोराले घरधन्दा गरेको राम्रो मानिंदैन ।

एकातिर यस्तो छ भने अर्कोतिर आफ्नो पढाइ अनुसारको काम नपाउनु, योग्यतालाई यहाँ रजिष्टर गर्न नसक्नु, आशा र भरोषा गरेअनुसारको अर्थ आर्जन गर्न नसक्नु, फि पु¥याउन नसक्नु, शारीरिक परिश्रम गर्नुपर्ने बाध्यता छ । हामी फेरि कस्तो छौं भने आपूmलाई नपरेसम्म सके त आगोमा घ्यू थपिदिन्छौं नसके केही पनि गर्दैनौं । गर्न खोज्यौं भने पनि कहिलेकाही अर्थको अनर्थ लागिदिन्छ । कहिलेकाही ‘हामी को हौ ? कहाँबाट आएका हौं ? हाम्रो समाज के हो ?’ भन्ने बिर्सिदिन्छौं र खालि एकोहोरो नारी र पुरुष रथका दुई पाङ्ग्रा, समान अधिकारका कुरा गर्दछौं । एउटै बुवाआमाको छोराछोरीहरु पनि कोही काला कोही गोरा केही होचा कोही अग्ला हुन्छन् भन्ने कुरामा ध्यान दिंदैनौं । समाज र मानसिकता भन्ने कुरा लाइटको सुइच अन अफ गरेजस्तो होइन । विस्तारै विकसित गर्ने कुरा हो । आत्मसाथ गराउने हो । एउटा चियाको कप श्रीमान्ले माझ्दैमा ‘भ्वाइलेन्स एजेन्ट वमेन’अब सकियो भन्ने होइन कि कुनैवेला कस्ले के गर्न सक्छ त्यो गर्ने हो । सबभन्दा ठूलो कुरा त एकले अर्कोलाई आत्मादेखि नै माया गरेर साथ दिने हो । सहयोग गर्ने हो । मेरो आफ्नो अनुभवमा संसारमा श्रीमान श्रीमती बीच बराबर भन्ने नै हुँदैन । बराबर भन्ने कुरा त कम्प्युटर र गणितमा हुन्छ वा मापन गर्न सक्ने कुरामा हुन्छ । समस्या र परिस्थितिको ठूलो पहाडमुनि थिचिएर बस्नु पर्दा पनि एकले अर्कालाई माया र सहयोग गर्न सके समस्याको समाधान होला र भ्वाइलेन्स र असमानता नहोला कि ?


Nepal News Australia
477 views

सम्बन्धित समाचारहरु