Wednesday, December 6, 2023

एनआरएनएको दोस्रो बैठक सम्पन्न अस्ट्रेलियावाट जोशी, पाण्डे र श्रेष्ठ आइसीसीमा मनोनित


  • December 11, 2017


एनआरएनएको दोस्रो बैठक सम्पन्न अस्ट्रेलियावाट जोशी, पाण्डे र श्रेष्ठ आइसीसीमा मनोनित

सिड्नी । गैरआवासीय नेपाली संघ, अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको दोस्रो बैठकले संरक्षक परिषद, सल्लाहकार समिति, सम्मानित परिषद र आइसिसिमा मनोनित सदस्य चयन गरेको छ ।
संघको केन्द्रिय अध्यक्ष भवन भट्टको अध्यक्षतामा बसेको बैठकले बिभिन्न महत्वपूर्ण निर्णय सर्वसम्मत रुपमा गरेको हो । अनलाइन बैठकमार्फत संघको उक्त ६० औं बैठकमा ७५ जना भन्दा बढीको सहभागिता थियो । संघले आफ्नो अभियानमा बढी भन्दा बढीलाई समेट्दै सक्रिय सहभागिताको अवसर प्रदान गर्ने सोचका साथ यस पटक ५१ सदस्यीय सम्मानित परिषद गठन गर्ने नयाँ निर्णय समेत गरेको हो ।
बैठकले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो प्रमुख संरक्षक र डा. शेष घले, जीवा लामिछाने, देवमान हिराचन र रामप्रताप थापा संरक्षक रहेको संरक्षक परिषद गठन गरेको छ ।
यसै गरी संघले डा. सूर्य पाठक, बारका अध्यक्ष शेर बहादुर केसी, पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य, सुरेन्द्र श्रेष्ठ, हरिबोल भण्डारी, डा. हेमराज शर्मा, डा. जुगल भूर्तेल, रामेश्वर साह, भवानी राणा, पर्यटन बोर्डका सिइओ दिपकराज जोशी र बैज्ञानिक डा. महाविर पुनलाई सल्लाहकारमा चयन गरेको छ ।
यसैगरी सम्मानित परिषद समितिमा इन्द्रा वन, दिपक खड्का, मन केसी, चन्द्र योन्जन, भवानी ओली, जमुना गुरुङ, डा. कृष्ण हमाल, बाबुराजा महर्जन र दिनेश खड्का ओसिनियाबाट मनोनित गरेको छ । यस्तै मध्यपूर्वबाट डा. देवकाजी डंगोल, टिबि कार्की, नरेन्द्र भाट, कमलमणि गुरागाइँ, मोहन शर्मा, राजु सैयद, बिल गुरुङ र महेन्द्र चौलागाइँ चुनिएका छन । यस समितिमा अमेरिका क्षेत्रबाट रतन झा, शिव राई, डा. प्रेम अधिकारी, डा. द्रोण रसाइली, रामचन्द्र खरेल, नवराज गुरुङ, रिशी ढकाल र डा विष्णुमाया परियार छानिएका छन । युरोपबाट दिल गुरुङ, सूर्य गुरुङ, विश्वआदर्श पण्डित, मोहन गुरुङ, चिरन्जीवी ढकाल, पुष्प तिमिल्सिना, हरि शर्मा पौडेल, गोविन्द सुवेदी, पूर्ण हमाल, डा. मनिराज पोख्रेल, उषा शर्मा, हरिहर अर्याल, युवराज गुरुङ, शरण केसी, महेन्द्र कँडेल र सुभाष अधिकारी तथा एसिया प्यासिफिकबाट रन्जना उदास, प्रितम श्रेष्ठ, भारति लिम्बुनी, शंकर पौडेल, डा. कुमार बस्नेत, मेघराज नेपाल र गंगाराज राई छानिएका छन । अफ्रिकाबाट एकनाथ खतिवडा, कुलबहादुर कार्की र बिदुर खनाललाई मनोनित गरिएको छ ।
संघको बैठकले अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको २१ सदस्यीय मनोनित सदस्यमा ओसिनियाबाट होमनाथ पाण्डे, दिनेशराज जोशी र बबिता श्रेष्ठलाई मनोनयन गरेको छ । यस्तै आइसीसीको खेलकुद बिभाग प्रमुखमा अस्ट्रेलियाका राजु मानन्धरलाई मनोनयन गरिएको छ ।

युरोपबाट रविन्द्र भट्टराई, हरेन्द्र वानेम, रामशरण सिंखडा, नारायण आचार्य, लिला शर्मा मानन्धर, शितल भूर्तेल भूसाल र सुष्मा राईलाई र मध्यपूर्वबाट विनोद भट्टराई, सुदिप कार्की, मनोज कुमार श्रेष्ठ र देविका केसी गुरुङलाई ल्याउने निर्णय गरेको छ । यसैगरी अमेरिका क्षेत्रबाट राजन त्रिपाठी, कुङ्गा शेर्पा, अभिमन्यू बस्नेत र सरला कँडेललाई र एसिया प्यासिफिकबाट अजिव (ओम) गुरुङ, हेमराज ढकाल र कन्चन थापालाई मनोनित गरेको छ ।
बैठकले विशेष प्रस्ताव पारित गर्दै नेपालमा संविधानको कार्यान्वयनका लागि महत्व महत्वपूर्ण अंग रहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न गराउन नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकायहरु, राजनीतिक दलहरु र सम्पूर्ण नेपाली जनताले निर्वाह गर्नुभएको जिम्मेवारीपूर्ण भूमिकाका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ । निर्वाचनको परिणाम पछि देशले स्थिर सरकार पाउने र राजनीतिक संक्रमणकालको अन्त्य हुँदै सबैको सहयोग र सहकार्यमा राष्ट्र समृद्धिको बाटोमा अघि बढ्ने विश्वास संघले लिएको प्रवक्ता भुषण घिमिरेले जनाएका छन ।


NEPAL NEWS Team
280 views

सम्बन्धित समाचारहरु