सिड्नी । अस्ट्रेलियामा रहेका नेपालीहरु व्यवसायमा नयाँ–नयाँ अवधारणा भित्रयाउन सफल भएका छन् । आफ्ना सेवाग्राहीहरुलाई सकभर सबै सेवा एउटै ठाउँबाट लिन सजिलो होस् भन्ने अभिप्रायले हालै सिड्नी स्थित रकडेलमा सि फोर बिजनेस वन स्टप सोलुसन संचालनमा आएको छ । सेप्टेम्बर ३ तारिख आइतवार न्यु साउथवेल्सका महाबाणिज्यदुत दिपक खड्काले एक कार्यक्रम बिच सी फोर बिजनेशको उदघाटन गरे । उनले नेपाली समाजले उपस्थितीमा मात्र नभइ ब्यापार र ब्यवशाय पनि फस्टाउदँदै गएको बताए ।
सी फोर विजनेस अन्तर्गत शैक्षिक तथा अध्यागमन परामर्शका राइट एन्ड एशोसिएट्स, मोर्गेज एन्ड फाइनान्समा सक्सेस मोर्गेज ,आइएलटीस,टोफल आदी पढाइमा प्रोग्रेशिभ स्टडी सेन्टर अनि एकाउन्टीङमा आरटुएम एकाउन्टीङ एन्ड ट्याक्सेसन रहेका छन् ।
कार्यक्रममा राइट एन्ड एशोसिएटका निर्देशकद्धय पीआर अधिकारी तथा बालचन्द्र भट्टराइ, सक्सेस मोर्गेनका नन्द गुरुङ, आरटुएमका रबिन्द्र श्रेष्ठ, मछिन्द्र केसी र ऋषी सापकोटा तथा प्राग्रेसीभ स्टडिजका डा. एरिक श्रेष्ठले सबैको लागि र सहजताको लागि संयुक्त रुपमा वन स्टप सलुसन अवधारणा अगाडि बढाइएको बताए । राईट एन्ड एसोसीयट्सका निर्देशक बालचन्द्र भट्टराईले एउटै ढोका भित्र सबै सुविधा दिने हेतुले सी फोरको अवधारणा ल्याएको बताए ।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष मन केसी, गोवा कटुवाल लगायतले डायस्पोरामा नेपाली समाजको उन्नती र प्रगतीको कथा सुन्न पाउनु सबैको लागि खुसीको बिषय बनेको बताए । प्रारम्भमा नेपालीहरु अस्ट्रेलिया आउदै गर्दा परामर्श लिन समेत गारो भएको संझना गर्दै एनआरएनका पुर्व प्रवक्ता मन केसीले भने– अहिले एउटै ढोकामा छिरेपछि नेपाली भाषा बोल्दै सबै सेवा पाइन्छ ।
कार्यक्रममा राइट एन्ड एशोसियटसमा पीआर अधिकारीले सेवामुलक ब्यवसायकर्मीहरुको आपसी भाईचारा र नेपालीका लागि नेपालीद्धारा सहज बाताबरणमा एउटै ढोका भित्र आवश्यक सेवा उपलब्ध गराउने आफुहरुको उद्देस्य रहेको बताए । त्यस्तै सक्सेज मोर्गेजका प्रोपाइटर नन्द गुरुङले आफ्ना सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा सर्वसुलभ रुपमा उपलब्घ गराउने प्रतिवद्धता जनाए ।