Saturday, December 2, 2023

नवाजको अवार्ड नाइटको रकम बाढी पीडितलाई


  • August 19, 2017


नवाजको  अवार्ड नाइटको रकम   बाढी  पीडितलाई

सिड्नी । नेपाल अस्ट्रेलिया वेलफेयर सोसाइटी (नवाज)ले नवाज कप फुटबल प्रतियोगिताको अवार्ड नाइटको लागि छुट्टाइएको रकम नेपालको बाढिपीडितलाइ प्रदान गरेकोे छ ।
प्रतियोगिताको समाप्तीपछि भब्य पुरस्कार बितरण समारोहका साथ ट्रफी तथा प्रमाण पत्र र सम्मान गर्ने कार्यक्रम बनाए पनि नवाजले देशका गएको बाढिपहिरोले पीडित नेपाली दाजुभाइलाई सहयोग गर्नु प्रमुख दायित्व भएको करण रकम त्यता हस्तानतरण गरिएको बताएको छ । मुलुकमा देखिएको पछिल्लो परिस्थीतीका कारण बािढपीडितलाइ सहयोग गर्नु उपयुक्त भएको भन्दै चिया खाएर पुरस्कार प्रदान गर्दै सो घोषणा सहित नगद हस्तान्तरण गरेको हो । सीडनी मेट्रो नवाज कप फुटबल प्रतियोगिताको फाइनलमा फेवा क्लबलाई १-० गोलले पराजित गर्दै दी राइजिङ गोर्खाज क्लबले उपाधि जितेको थियो । 20952190_1815269741824382_873263220_o

कार्यक्रममा नवाजका अध्यक्ष बिनोद शर्माले अवार्ड नाइट तथा नवाजले प्रत्येक वर्ष नेपालका दुर्गम भेगमा रहेका विद्यालयहरुमा खेल समाग्री उपलब्ध गराउन छुट्याएको दुई लाख रुपैया रकम समेत थप गरेर ५ हजार अस्ट्रेलियन डलर नेपालका बाढी पिडितहरुका लागि सहयोग प्रदान गरेको बताए । नेप्लीज एशोसियसन अफ तराई अस्ट्रेलियाका अध्यक्ष सुवांसु शाहलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । साथै नवाजका अध्यक्ष शर्माको कफी हाउस तथा श्रीमती पबिता शर्माको तर्फवाट ब्यक्तीगत एक लाख रुपैया बाढिपीडितलाई प्रदान गरे ।
मुलुक दुखिरहँदा हामी यहा अवार्ड नाइटमा रमाउनुको कुनै अर्थ हुदैन त्यसैले कार्यसमितीको सबै साथीभाइको सल्लाहमा हामीले थोरै भएपनि एउटा शन्देश दिन खोजेका हौ, अध्यक्ष बिनोदले बताए । सो रकम नेपाल एशोसिएसन अफ नेपाल तराइ इन अस्ट्रेलियनका अध्यक्ष शुंभासु शाहलाई हस्तान्तरण गरिएको थियो । Screen Shot 2017-08-19 at 4.06.45 pm

कार्यक्रममा प्रतियोगिताका प्राविधिक निर्देशक राजु मानन्धरले संसारभर छरिएर रहेका नेपाली पनि यतिबेला शोकमा रहेको कारण यो निर्णय साच्चीकै उपयुक्त र शान्र्दभिक रहेको बताए । सानै भएपनि यस्ता सहयोगले तराइका बाढिपीडितहरुलाई मलम लगाउन सके हाम्रो लागि त्यो मुलुकप्रतीको दायित्वबोध बन्न सक्छ,मानन्धरले बताए ।
कार्यक्रममा आयोजक नवाजका सचिब मन्जित घिमिरेले अस्ट्रेलियामा बसेपनि देशप्रतीको चिन्ता र चासो स्वभाविक रहेको बताए । मुलुक दैबिक प्रकोपको चपेटामा छटपटाइरहँंदा हामी यहा हास्ने र रम्ने कुरा पटक्कै सुहाउदैन । यसैले पनि हामीले यो निर्णयमार्फत सबै संसारभर छरिएर रहेका नेपालीलाई एउटा शन्देश दिन खोजेका हौ ।20952100_1815269181824438_665452786_o
कार्यक्रममा एनआरएन एनएसडब्लुका संयोजक नन्द गुरुङ, आदिवासी जनजाती मन्च अस्ट्रेलियाका अध्यक्ष तथा फुटबलप्रेमी अरुण तामाङ,सामाजिक अगुवा राजु मानन्धर तथा नवाजका खेल संयोजक प्रकाश पन्थीलगायतले विजेतालाई ट्रफी तथा प्रमाण पत्र बितरण गरे । कार्यक्रममा अस्ट्रेलियामा बसेर समाचारको माध्यमवाट समाजलाई सहयोग पुरयाउने विभिन्न संचार माध्यमका प्रतिनिधिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।


NEPAL NEWS Team
337 views

सम्बन्धित समाचारहरु