वैदेशिक शिक्षा र अध्यागमन क्षेत्रमा विद्यार्थीहरूलाई सेवा दिदै आएको बाबा एजुकेशन कन्सलटेन्सीले हाँस्य कलाकार दोय कुमार कट्टेल (जिग्रि) र अर्जुन धिमिरे (पाँडे ) लाई आफ्नो कम्पनीको ब्राण्ड एम्बेसडर बनाएको छ। हाँस्य टेलि चलचित्र भद्रगोलका मुख्य कलाकार कुमार कट्टेल (जिग्रि) र अर्जुन घिमिरे (पाँडे )लाई कन्सलटेन्सिले राजधानीको सि टि सि मलको सीनेमा हलमा, जनै पुर्निमा र नाग पन्चमि को सुभ दिन र साहित मा विशेष कार्यक्रम गरि नियुक्ती गरेको थियो I साथै कार्यक्रममा उनिहरु अभिनित बाबा एजुकेसन कन्सल्टेन्सिको ‘टि भि सि’ (भिडियो) पनि सार्वजनिक गरिएको थियो । टि भि सि मा जिग्रि र पाँडे लाई हरिस निरौला (कक्रोज) ले पनि साथ दिएका छन् भने उक्त ३० सेकेन्डको टि भि सि मा सुदिप बरालको छायांकन र तेकेन्द्र शाहको सम्पादन रहेको छ । उज्ज्वल भविष्य निर्माण का लागि समयमा नै सहि निर्णय लिनुपर्छ भन्ने भाव बोकेको टि भि सि को, कार्यक्रम मा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुले प्रसंसा गरेका थिए साथै चर्चित हस्य कलाकार धुर्मुस- सुन्तलि र बले को पनि बिशेस उपस्तितिले कार्यक्रमको सोभा बढाइदिएको थियो I सम्पुर्न मिडिया कर्मि र यसै क्षेत्र संग सम्बन्दित बेक्तित्योहरु को बय्पक उपस्थिति का बिच आयोजना गरिएको कार्यक्रम आफुहरु ले नया र नौलो ढंग बाट नेपाली बजार मा प्रस्तुत गरको बताउनु हुन्छ बाबा एजुकेसन कन्सल्टेन्सि, काठमाडौं का निर्देशक राजेन्द्र कुमार शर्मा I
अष्ट्रेलियाको सिड्नि र नेपालको न्युरोडमा मुख्य कार्यलय रहेको बाबा एजुकेसन कन्सल्टेन्सि को आगामी दिनमा अझै ब्रिहत ढंगबाट अगि बढ्ने उदेश्य रहेको साथै चर्चित हास्य कलाकारहरु लाइ आफ्नो कम्पनीको ब्रान्ड एम्बेसडर मा नियुक्ति गरेकोमा खुशी व्यक्त गर्नुहुन्छ बाबा एजुकेसन कन्सल्टेन्सि सिड्निका सि इ ओ रबिन्द्र कुमार शर्मा। संस्थाका प्रमुख शर्माले भद्रगोल का यी दुई कलाकार सँग अष्ट्रेलियाको कार्यक्रममा गएका बेला बाटै निकटता भएको र आफ्नो संस्थामा आबद्ध गर्ने मनशाय रहेको बताए । साथै जिग्री र पाँडे ले पनि आफुहरु कला क्षेत्र सँगै शैक्षिक क्षेत्र सँग जोडिएर काम गर्न पाउँदा खुसी लागेको बताए ।आगामी दिन हरुमा बाबा एजुकेसन कन्सल्टेन्सि को प्रमोसन को लागि आफुहरु ससक्त रुपमा लाग्ने पनि बताउँछन् कलाकार दोय जिग्री र पाँडे ।