Thursday, December 7, 2023

ऐनाले झुक्यायो शंकरलाई अस्ट्रेलियामा


  • August 9, 2017


ऐनाले झुक्यायो शंकरलाई अस्ट्रेलियामा

सिड्नी । भन्ने गरिन्छ कि चाईनीज सामान आज छ भोलि छैन । यही भनाईलाई सर्जक शंकर लामिछानेले आफ्नो गीत संगीत मार्फत पनि प्रस्तुत गर्न खोजेको छन ,उनले गीतमा भनेका छन
”सब कुरा नक्कली बनायो चाईनाले
मैं राम्री हुँ की झुक्यायो
एेनाले ….,
शंकर बिगत ११ बर्षदेखी अष्टेलियाको ब्रीजबेनमा बस्दै आएका छन । प्रबासी जीबनमा पनि उनले चलचित्र अभिनय र गीत संगीत बिधालाई निरन्तरता दिई रहेका छन । पछिल्लो समय तीज सम्बन्धि गीत संगीत बजारमा अत्याधिक रूपमा आइरहंदा शंकरले पनि आफ्नो सृजनालाई निरन्तरता दिंदै तीज सम्बन्धी एल्बम ल्याएका छन ‘मै राम्री हुँ कि झुक्यायो एेनाले ‘। अल्बममा शंकरले नेपाली पन, भाषा र शैलीलाई भूलेका छैनन् -‘ तीज मनोरन्जन मात्र होईन , यसमा हाम्रो संस्कृति जोडिएको छ । मैले त्यो कुरालाई समाहित गरेको छु -‘ उनले भने ।
गीतमा शंकर र गायिका मोलिना राईको आबाज समेटिएको छ भने भिडियोमा शंकरलाई पार्वती राईले साथ दिएकी छिन । यो भिडियोको निर्देशन पनि पार्बतीले नै गरेकी हुन ।
रमझम देखिन्छ नि गाउंबेशी शहरमा
चुरा पोते लाली लाएँ
राम्री हुने रहरमा …..
शंकरले बजारमा ल्याएको यो छैठौ अल्बम हो । एल्बममा समेटिएको गीत ११ मिनेटको रहेको छ । प्रबासी जीबनमा शंकरले गीत संगीत र चलचित्र बिधालाई समय मिलाएर निरन्तरता दिईरहेका छन -‘ यो क्षेत्र मेरो सानै देखीको क्षेत्र हो । यो प्यासनलाई छोड्न सकिन्न । समय मिलाएर नेपाल जान्छु र कि गीत संगीत कि त चलचित्रमा अभिनय गरेर फर्कन्छु -‘ उनले थपे ।
शंकरले बालकृष्ण समको चर्चित सृजना बोक्सी माथी बनेको चलतित्र बोक्सी र किन लाग्छ माया चलचित्रका साथै अन्य चलचित्रहरूमा पनि नायक भएर काम गरेका छन । चलचित्र किन लाग्छ मायामा निखिल उप्रेती, राजवल्लब कोइराला, झरना थापा र गरिमा पन्तसंग उनले आफ्नो उपस्थिति बलियो रूपमा दर्शाएका छन ।

नेपाली चलचित्र वा गीत संगीत हिट हुन बिषय नै दमदार हुनु पर्ने कुरा शंकर बताउँछन । गीत सिर्जना गर्दा पनि शंकर बिषय समाउँछन र गीत सिर्जना गर्छन । प्रबासी जीबनको ब्यस्ततामा पनि शंकरले एक साथ गीत लेखन,गायन,संगीत सिर्जना र चलचित्र अभिनय बिधालाई अगाडी बढाईरहेका छन
भिडियो हेर्नुहोस्


NEPAL NEWS Team
276 views

सम्बन्धित समाचारहरु