Wednesday, December 6, 2023

अस्ट्रेलियामा खेलाडीकाे पहलमा आइसीएन गठन


  • May 8, 2017


अस्ट्रेलियामा खेलाडीकाे पहलमा आइसीएन गठन

सिड्नी । अस्ट्रेलीयामा रहेका नेपाली बडि बील्डरहरुले अन्तराष्ट्रिय सम्वन्धन सहित सिड्नीमा आइसीएन गठन गरेर अगाडि बढने निधो गरेका छन ।
सिडनीमा आइतबार पत्रकारसम्मेलनका आयोजना गर्दै नेचरल बडि बिल्डीङमा अस्ट्रेलिया बसेर तहल्का पीटेका सन्तोष श्रेष्ठले आइसीएनको गठनले अब देशको झन्डा बोकेर अगाडि बढन सहज बनेको बताए । आइ कम्पीट नेचुरल नेपाल टीम अर्थात आइसीएनलाई नेचुरल बडि बल्डिीङ अस्ट्रेलिया लगायतका संघ संगठनले आवद्धता प्रदान गरिसकेका छन ।
अस्ट्रेलियाको प्रतिनिधित्व गरेर बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका सन्तोषले संस्थागत प्रयासले नेपाल र नेपाली मुलका खेलाडीलाई अज्तराष्ट्रिय प्रतियोगितामा सहभागिता गर्न सहज हुने बताए । सन्तोषले अस्ट्रेलियामा आएर हामीले यहाका सबै राम्रा संस्कार सिक्पनि फीटनेशको संस्कार भन्ने सिक्न नसकेको बताए । पश्चीमा समाजको एउटा अभिन्न अंगको रुपमा रहेको फीटनेश कल्चरलाई नेपाली समाजमा आकर्षित गराउने हाम्रो प्रयास हुने छ, सन्तोषले सुनाए ।
प्रवासमा बसेर पनि आफ्नो प्रयासले देशको झन्डा बोक्ने खेलाडी र आइसीएनले नेपाली समाजवाट पनि सहयोगको अपेक्षा गरेको सन्तोषले बताए । हामी एक्लै हिडेर संभव छैन सबैको सहयोग र सदभाव भयो भने ,देशको लागि अझै थुप्रै स्वणहरु जित्न सक्ने हाम्रो प्रयास हुनेछ ।
आइसीएनले यसै बर्षपनि सिड्नीमा रहेका पाँंच खेलाडीको टिमलाई थाइल्यान्डमा हुने बिश्व एमेच्यौर टाइटल , मेलवर्न तथा इन्डोनेशियामा हुने आधिकारीक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता पक्का गरिसकेको छ । त्यसका लागि सन्तोष श्रेष्ठ, प्रकृती श्रेष्ठ , सन्तोष चौधरी, राजु महर्जन, दिपु मुनिकार र बिनोद महर्जनको सहभागिता रहने पक्का पक्की भैसकेको छ । आइसीएन अन्तगर्त अस्ट्रेलिया बसेर सन्तोष श्रेष्ठ,प्रकृती श्रेष्ठ ,सन्जिव चौधरीले करिब एक दर्जन अन्तराष्ट्रिय प्रतिस्पर्धामा पदक जितिसकेका छन ।
आइसीएनले त्यती मात्र नभइ नेपाली महलिा दिदी बहिनीहरुलाई फीटतनेशमा आकर्षित गर्न समेत योजना बुनेको कुरा बडिबिल्डर प्रकृती श्रेष्ठले बताइन । प्रा उपनामले चिनिएकी प्रकृतीले नेपाली दिदी बहिनीहरुले पनि अब फीटनेशमा ध्यान दिनुपर्ने बेला आएको बताइन । कार्यक्रममा नेपाली समाजका अगुवा भोला राइ ,एनआरएनका खेलकुद संयोजक नन्द गुरुङ , नप्लीज अस्ट्रेलियन युथ एशोसिएसनका अध्यक्ष कोमल पाठकले आइसीएनको स्थापनाले खेलाडीहरुलाई नया आयाम थपीएको बताए । खेलाडीहरु सन्जीव चौधरी , राजु महर्जनले आइसीएनको गठनको आवश्यकता बारे प्रकाश पारेका थिए ।


NEPAL NEWS Team
282 views

सम्बन्धित समाचारहरु