सोसीयल मिडिया र इकमर्श साइटका राम्रा कुराको एकीकृत रूप हुनेछ सगून


  • March 7, 2017


सोसीयल मिडिया र इकमर्श साइटका राम्रा कुराको एकीकृत रूप हुनेछ सगून

गोविन्द गिरी ‘सगून’
हालै अमेरिकाको सेक्युरिटीज एण्ड एक्सचेञ्ज कमिसनबाट मिनी आइपीओको स्विकृत प्राप्त गरि विश्वभरुबाट सर्वसाधारणको लागि स्वामित्व शेयर विक्री खुल्ला गरेको सगूनका विषयमा जानकारी लिने उद्धेश्यले यसका संस्थापक गोविन्द गिरीसंग गरेको कुराकानीको सम्पादित अंश

१. मिनी आइपीओ मार्फत जारी गरिएको शेयर खरिद गर्न सर्वसाधारणहरु विश्वस्त हुन सक्ने आधारहरु के के छन् ?
पहिलो त अरु ठूला विजिनेशहरुले आइपीओमा जाँदा जुन प्रकृया पुरा गरेका हुन् हामीले ठ्याक्कै त्यहि प्रकृया पुरा गरेका हौँ। युएस सक्युरिटिज एण्ड एक्सचेन्ज कमिशनले स्विकृती प्रदान गरेको भएर नै हामी पब्लिकमा गएका छौँ। त्यो नै एउटा विश्वासको आधार हो।
रिस्क लिन्छु तर स्टार्ट अप कम्पनीमा लगानी गर्छु भन्दा पनि सर्वसाधारणको लागि मौका थिएन हिजोका दिनमा। तर यदि कसैले आफ्रनो आम्दानीको न्यूनतम रकम लगानी गरेर, आफू र आफ्नो घरपरिवार अनि दैनिकीमा असर नपर्ने गरि रिस्क लिन चाहन्छन् भने भोलिको दिनमा सगूनले दिने ठूलो प्रतिफल लिन पाउने अवसर त सगूनले ल्याएको छ अहिले सबैलाई। स्टार्टअप कम्पनीमा लगानी गर्नु रिस्क त हुन्छ नै। तर २०१३÷१४ तिर यसका योजना मात्र सुनेर लगानी गर्नेहरुको भन्दा अहिलेको अवस्थामा आइपुग्दा यसको रिस्कको मात्रा घटेर गएको छ। अझ मिनी आइपीओको स्विकृतिले त यसलाई झन बल दिएको छ। रिस्क छंदै छैन त भन्नै सकिदैन तर यसको मात्रा भने घट्दै गएको छ। यो पनि अर्को लगानी गर्ने आधार हुनसक्छ।
२. सगूनले कसरी आम्दानी गर्छ ?
यसको आम्दानीको मुख्य आधार सोसियल स्मार्ट कार्ड नै हो। सोसियल स्मार्ट कार्डबाट हामी शुरुमा मुख्य दुइवटा काम गर्नेछौँ। पहिलो गिफ्ट कार्ड रिसेल गछौँ र अर्को कुपन रिसेल गछौँ। यसरी रिसेल गरेर आउने कमिशन हाम्रो आम्दानी हो शुरुको अवस्थामा। जसको कमिशन वजारमा अहिले १५ द्ेखि २५ प्रतिशतसम्म रहेको छ।
त्यस्तै दोश्रो आम्दानीको श्रोत भनेको विज्ञापन हो जुन अन्य सोसीयल मिडिया तथा सर्च साइटहरुले गर्छन। उनिहरुले विक्री गरिरहेको व्यानर एड, टेक्स्ट एड जस्तै हामी पनि त्यसैगरि विक्री गरेर आम्दानी गछौँ। वास्तवमा अरुको विज्ञापन नै आम्दानीको मुख्य श्रोत रहेको हुन्छ, त्यो हाम्रोमा पनि हुन्छ। तर हाम्रोमा अर्को मुख्य श्रोत हुन्छ सोसियल स्मार्ट कार्ड। हाम्रो पाइप लाइनमा भएका अन्य धेरै यस्ता प्रोजेक्टहरु छन् जसलाई प्रयोगमा ल्याएपछि सगूनले आम्दानी गर्ने श्रोतहरु थपिंदै जानेछन्।
३. सगूनले मिनी आइपीओ मार्फत उठाउन लागेको २० मिलियन डलर बराबरको शेयर पुरै विक्री भएको खण्डमा आगामी २ वर्षको योजना के के छन् ?
हामीले यो कुरालाई सगूनको इन्भेष्टमेन्ट पेजमा नै ६ वटा माइलस्टोन प्रोजेक्ट भनेर राखेका छौँ। सबै भन्दा पहिले क्रमशः एन्ड्रोइड र आइओएस् मोवाइल एप्लिकेशन निकाल्छौँ। त्यसपछि सोसियल स्मार्ट कार्ड शुरु गर्नेछौँ जसको लागि मात्रै १७ जनाको टीम नियुक्त गर्दैछौँ। सगूनका पाइप लाइनमा रहेका प्रोजेक्टको लागि आइआइटी न्यू देल्लीसंगको काम निरन्तर हुनेछ। त्यस संगसंगै नेपालमा पनि प्राविधिक टीम निर्माण गर्दैछौ। साथै नेपालमा आइटी हब निर्माण गर्ने योजना अन्तर्गत काम शुरु गछौँ। मुख्य कामहरु यिनै हुनेछन्।
यसरी उठाइने २० मिलियन डलर १८ महिना देखि २ वर्ष भित्र सगूनको विकासमा नै खर्च गरिसक्ने योजना छ। त्यसपछि फेरि अर्को चरणको लगानीमा प्रवेश गर्नेछौँ। यो २० मिलियन अन्तर्गतको १०÷१२ मिलियन खर्च हुने बेला देखि नै हामी दोश्रो चरणमा प्रवेश गछौँ। त्यति बेलामा गएर हामी ५० वा ६० वा १०० मिलियन उठाउन सक्छौ जुन बेलामा हाम्रो कम्पनीको मूल्य अहिलेको भन्दा धेरै नै हुन्छ। त्यसको आधार भनेको एक त अहिले मिनी आइपीओ मार्फत उठ्ने रकमले सगूनको फिचर र तयार गरिएका योजना कार्यान्वयनहरु हुन थाल्छन्। मोबाइल एप आइसकेको हुनेछ। सगून प्रयोग गर्न अहिलेको भन्दा धेरै सरल हुनेछ। अर्को सगूनका प्रयोगकर्ताको सँख्या बढाउने काममा पनि लागेका हुन्छौ। २०१७ भरिमा स्मार्ट कार्ड पनि प्रयोगमा ल्याइसक्ने छौँ र अनि हामी हाम्रो योजना अनुसारको बजारमा प्रवेश गर्नेछौँ। वास्तवमा यस अवस्थामा हामी हाम्रो आधारभूमि तयार गरिसकेका हुनेछौँ। अनि मात्र सगूनको योजनाको वास्तविक स्वरुप शुरु हुन थालेको हुन्छ। यसरी २०१७ र २०१८ भित्रमा हाम्रा आधारभूत ६ वटा योजनाहरु पुरा गर्दछौँ।
४. भनेपछि यो २० मिलियिन डलर रकम सगूनको वास्तविक र भर्चुअल पूर्वाधारमा खर्च हुनेछ ?
मुख्यतः यहि नै हो। तर हाम्रा कतिपय यस्ता प्रोजेक्टहरु ल्यावमा छन् जसको नतिजाले सगूनमा मिलियन्स अफ मिलियन डलर आम्दानी गराउन सक्छन्। ती प्रोजेक्टहरुलाई ल्याबटेष्टमा सफल परिक्षण पश्चात वास्तविकतामा ल्याउने योजनामा पनि खर्च गर्नेछौ यो पहिलो चरणको रकमबाट। सगूनको इन्फ्रास्ट्रक्चरको साथै सगूनकै नयाँ प्रविधिको फाउण्डेशन पनि तयार गछौँ।
५.मिनी आइपीओ मार्फत सगूनमा विश्वभरबाट सर्वसाधारणले लगानी गर्न सक्ने भनिएको छ। तर नेपाल बाहेक विश्वभरका नेपाली समुदायमा मात्र यसको प्रचार प्रसार भइरहेको र नेपालीहरुलाई नै लगानी गर्न प्रेरित गर्ने तरिकाले प्रचार प्रसार भइरहेको देखिन्छ। के अन्य समुदायलाई सगूनको शेयर खरिद गर्न आह्वान गरिदैन ?
गरिन्छ। शुरुमा नेपाली समूदायमा फोकस गर्नु हाम्रो स्ट्राटेजिकल मार्केटिङ्ग प्लान हो। वास्तवमा यो नेपालीलाई फोकस गरेको होइन। यो त आफ्नो घरबाट शुरु गरिएको हो। नेपाली भनेको हाम्रो घरका दाजुभाइ दिदीबहिनीहरु हुन्। यो अवसर नेपालीले ल्याएको भएर पहिलो मौका नेपाली समुदायलाई नै दिनु पर्छ भनेर लागेको हो। अरु कुनै समुदायले गरेको भए ऊ पनि पहिला उसकै समुदायमा जानसक्थ्यो। अब घर पछि हामी छिमेकीकोमा जान्छौ। हाम्रा छिमेकी भनेका प्रविधि र उत्पादनका क्षेत्रमा विश्वको ठूला बजार हुन् जहाँ जनसँख्याको हिसाबले पनि ठूला छन्। हामी त्यहाँ जान्छौ। अनि त्यसपछि विश्वका अन्य बजारमा जान्छौँ। नेपालीलाई मात्र फोकस गरेर २० मिलियन उठ्न सक्ने सम्भावना पनि कम छ र नेपालीमा मात्र सिमित हुनै मिल्दैन।
अबको हाम्रो प्रवेश भनेको अमेरिकाको नेपाली भन्दा फरक समूदाय र भारतमा हुनेछ। त्यसपछि क्रमशः युरोप, दक्षिण एशिया हुंदै पुरै विश्वभर पुग्नेछौँ।
६. प्रयोगकर्ता बढाउन सगूनमा के कस्ता योजना हुनेछन् ?
सबै भन्दा महत्पूर्ण फिचर भनेको नै सोसीयल स्मार्ट कार्ड हुनेछ। त्यसको साथमा अन्य विशेषता त थपिने नै छन् जुन सामान्य कुरा भित्रै पर्दछन्। हामीले भन्दै आएका छौँ कि सगून विशुद्ध सामाजिक सञ्जाल मात्र होइन। यो त सामाजिक सञ्जालका राम्रा पक्षहरु र इकमर्श साइटका राम्रा पक्षहरु समेटिएको विशुद्ध नयाँ सोसीयल इकमर्श मिडिया साइट हुनेछ। त्यसैले यसमा सोसीयल मिडियाको जस्तो फिचरहरु मात्रै खोज्ने हो भने सबै नपाउन पनि सकिन्छ। तर सामान्यतया सोसियल मिडियामा हुने फिचरहरु जरुर रहने छन्।
हाम्रो थप विशेषता भनेको मानिस सोसियल मिडिया मार्फत सामाजिकीकरण हुंदै गर्दा उसले आर्थिक फाइदा पनि लिन सकोस र यो सम्भब छ भनेर प्रमाणित गर्न लागि परेका छौँ। त्यसैले पहिलो ६ माइलस्टोन प्रोजेक्ट भित्र स्मार्ट कार्डलाई प्रयोगमा ल्याउने कामलाई विशेष प्राथमकितामा राखेका छौँ। त्यसो हुंदा हजारौँ भेण्डरहरुसंगको कारोबार हुन थाल्छ। स्मार्ट कार्डबाट प्रयोगकर्ताहरु लाभान्वित हुने अवसर प्रदान गर्नेछौँ। यसले पनि प्रयोगकर्ता बढाउने कुरामा हामी विश्वस्त छौँ। यो आइडिया अहिलेसम्म कहिँ पनि प्रयोग नभएकोले गर्दा सर्वसाधारण देखि लगानीकर्ताहरुमा यसले कसरी काम गर्ला भन्ने कुरामा जिज्ञासा पाइएको छ। यो मिनी आइपीओ बन्द गरेपछिको करिब डेढ देखि दुइ वर्ष भित्रमा सबै छर्लङ्ग हुनेछ अनि मात्र मानिसले विश्वास गर्छन। त्यसपछि प्रयोगकर्ताहरुले अरु फिचर भन्दा यहि फिचरलाई पहिलो प्राथमिकतामा दिन्छन् भन्ने कुरामा म विश्वस्त छु।
सगून साइटमा नयाँ फिचरहरु थपिंदै लाने र प्रयोगकर्ताहरुलाई आकर्षित गर्दै लाने योजनाको साथमा प्रयोगकर्ता बढाउने विशेष अभियानहरु पनि सञ्चालन गरिने छन्। हाम्रो योजना अनुसार २०१८ भरिमा सात देखि नौ मिलियन प्रयोगकर्ता पु¥याउने लक्ष्य राखेको छौँ।
७. सगूनले जारी गर्ने भनिएको ‘सोसियल स्मार्ट कार्ड’ को पेटेन्ट लिएको छ कि छैन ?
सोसियल स्मार्ट कार्ड मात्र होइन हाम्रा पाइप लाइनमा भएका अन्य यस्ता योजनाहरु छन् जसको पेटेन्ट राइट्सको निमित्त हाम्रो प्रकृया अगाडी बढीसकेको छ। यो काम समय लाग्ने र खर्चालु पनि भएकोले कुन कुन कुराको कुन अवस्थामा यो प्रकृयालाइ बढाउनु पर्छ भन्ने विचार गरेर आवश्यकता अुनसार हामीले प्रकया शुरु गरेका छौँ।
८. धेरै विशेषता (फिचर) भएका अन्य सामाजिक सञ्जालहरुमा रमाइरहेको कुनै प्रयोगकर्ता सगूनको प्रयोग कर्ता हुन आउने आधारहरु के के छन् ? सगूनको प्रयोग कर्ता बढाउने योजना के छ ?
पहिलो आधार हामी हरेक प्रयोगकर्तालाई सगूनमा उसको कृयाकलापबाट भएको आम्दानीको पाँच प्रतिशन हिस्सा वितरण गछौँ। यसले उनीहरु यहाँ पनि रमाउँछन् र आर्थिक फाइदा पाउने भएपछि झन रमाउँछन्। अर्को विशेषता भनेको फेरि पनि स्मार्ट कार्ड हो। जब कुनै नयाँ व्यक्ति सगूनमा साइन अप गर्छ तब उसले एउटा इलोक्ट्रोनिक सोसियल स्मार्ट कार्ड प्राप्त गर्छ। यो कार्ड ‘अल इन वन’ हुनेछ। यसलाईः भिसा कार्ड, मनि ट्रान्सफर कार्ड, गिफ्ट कार्ड, कुपन कार्ड, लगायत बहुउद्धेश्यीय कार्डकोरुपमा प्रयोग गर्न सकिन्छ। यो सब अरु कुन सोसीयल मिडिया वा इकमर्श साइटमा पाइन्छ ? जब सगूनले यो कुरालाई प्रयोगमा ल्याउछ, तब प्रयोगकर्ताहरु त बढि हाल्छन् नी।
अर्कोकुरा कुनै प्रयोगकर्ता सगूनमा जति धेरै समय खर्चन्छ, त्यसको आधारमा सगूनले गर्ने आम्दानीको पाँच प्रतिशत हिस्सा त उसैले प्राप्त गर्दछ भने प्रयोगकर्ता बढ्न सक्ने आधार त त्यहि भैहालयो नि।
हाम्रो अर्को आकर्षण भनेको सोसीयल मिडिया र इकमर्श साइटका राम्रा कम्पोनेन्टहरुलाई मर्ज गराएर एउटा नयाँ प्लेटफर्म तयार गछौँ। यस मार्फत युजरलाई सोसलाइज गराउँदा आर्थिक फाइदा पनि प्राप्त हुने र त्यो फाइदा प्राप्त गर्न हालका सोसीयल मिडियामा देखिएका विकृतिहरुको बाटो छोडेर सकारात्मक पाटो तिर लाग्नु पर्ने हुन्छ। यसले गर्दा पोजिटिभ भाइव सिर्जना हुन्छ र साथमा आर्थिक फाइदा पनि।
तर अहिले व्याख्या गरिएका यी कुराहरु वास्तविक प्रयोगमा नआइकन धेरैलाई बुझ्न अलि गाह्रो हुनसक्छ किनभने अहिलेसम्म यस्तो प्राक्टिस बजारमा आएकै छैन।
९. सगूनले भविष्यमा आफ्ना प्रयोगकर्ताहरुलाई कम्पनीको कूल आम्दानीको ५ प्रतिशत वितरण गर्ने भनिएको छ। यो कसरी पाउछन् र कसरी वितरण गरिन्छ ? के यो रकममा कर लाग्न सक्छ ?
प्रयोगकर्ताले सगूनमा जति धेरै कृयाकलाप गर्छ त्यसको क्यालकुलेशन सिस्टमले गर्छ र त्यसलाई मनिटरी भ्यालुमा कन्भर्ट गरेर उसको सोसियल स्मार्ट कार्डमा रकम देखाउँछ। अनि त्यो रकम उसको बैंक कार्डमा भएको रकम जस्तो हुनेछ। र उसले आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछ।
प्रयोगकर्ताको देशकोे कर सम्वन्धी नियम जे हुन्छ त्यो कुरालाई हरेकले पालना गर्नु पर्ने हुन्छ। त्यसमा हामीले कर तिर्नु पर्छ वा पर्दैन भनेर भन्न सकिदैन।
०.सगूनको शेयर स्थापित कम्पनिको भन्दा महगों भयो भन्ने गुनासो सर्वसाधारणको रहेको छ। किन होला ?
मैले भन्नु पर्दा सगूनको शेयर सस्तो छ। हामीले विचार गर्नु पर्ने कुरा भनेको स्टार्टअप कम्पनीको भ्यालुएशन हो शेयर प्राइस होइन। शेयरको मूल्य त २ वा ५ वा १० डलर जति पनि राख्न सकिन्थ्यो। शेयर मूल्य भन्दा कम्पनी भ्यालुएशन महत्व हो। त्यसैले म यहाँ भ्यालुएशनको बारेमा प्रष्ट पार्न चाहन्छु।
मिनी आइपीओमा जाने बेलामा कम्पनीको मूल्याङ्कन ९३ मिलियन गरिएको छ। यो भ्यालुएशन स्टाण्र्टड भ्यालुएशन अुनसार, सिलिकन भ्याली र ग्लोबल्ली स्टार्टअप कम्पनीहरुमा राउण्ड ए मा चलेको भ्यालुएशन हो। वास्तवमा त्यो भ्यालुएशन १२५ देखि १३५ मिलियनसम्म छ तर हामीले सगूनको भ्यालुएशन त्यो भन्दा धेरै कम गरेका छौँ। यसरी हेर्दा हाम्रो कम्पनीको मूल्याङ्कन कम छ।
अब शेयर भ्यालु कम्पेयर गरेर हेरौँ। स्न्याप च्याट आइपीओमा जाँदै छ र उनीहरुले १४ डलर शेयर मूल्य राखेका छन् तर सगूनको २३ किन भन्ने जहाँसम्म प्रश्न छ यसको उत्तर के हो भने, स्न्याप च्याट १९ विलियन डलरमा भ्यालुएशन भइसकेको छ। अब उसले शेयरको मूल्य जतिसुकै राखे पनि लगानीकर्ताहरुले पाउने मुनाफाको हिसाब त कम्पनीको मूल्य जुन १९ विलियन छ, त्यो संग हुने भयो। फेरि अर्को बुझन आवशयक कुरो के छ भने १९ विलियन भ्यालुएशन भएको स्न्याप च्याटको आम्दानी शून्य छ। जुन प्रश्न सगूनमा पनि गरिन्छ कि आम्दानी नै नभइ कसरी यत्रो मूल्याङ्कन भयो।
१४ डलरमा स्न्याप च्याटको शेयर किने पछि अबको ४, ५ वर्षमा त्यो शेयरको मूल्य कति प्रतिशतले बढ्छ त ? अब उसको शेयर मूल्य बढ्न सक्ने दर कम हुन्छ। तर सगून त अर्लि स्टेजमा छ। यसले आफ्रनो योजनालाई कार्यान्वयन गर्दै जति अघि जान्छ, कम्पनीको मूल्य त्यति धेरै बढ्ने सम्भावना धेरै छ। भोलि यसको मूल्य स्न्याप च्याटको जस्तै १९ वा ५० वा सो भन्दा बढी विलियनको हुनसक्छ। सामान्यरुपमा बुझ्दा सगूनमा लगानी गर्दा ९३ मिलियन भ्यालुएशनको आधारमा किन्दै हुनुहुन्छ जसको मूल्य भोलि १९ विलियन भन्दा धेरै हुने सम्भावना छ तर स्न्याप च्याटको शेयर किन्दा १९ विलियनको भ्यालुएकनमा किन्दैहुनुहुन्छ जसको भ्यालुएशन अब पहिलाको रुपमा बढ्दैन जसले गर्दा शेयरको मूल्य पनि त्यसै अुनसार हुन्छ।
हामीले पनि अहिलेको शेयर मूल्यलाई कम गर्न सक्थ्यौँ तर मुख्य गरी दुइ कारणले त्यसो गरिएन। पहिलो त शेयरको मूल्य भन्दा कम्पनीको मूल्य मुख्य कुरा हो जुन माथि नै भनिसकियो। दोश्रो कारण शेयरको मूल्यलाई स्प्लिट गर्दा प्रशासनिक खर्च बढी हुने रहेछ। कारण शेयरको संख्या बढी बनाउनु पर्ने र त्यसको आधारमा खर्च बढी हुने। हामीले सोच्यौँ कि त्यो बढ्ने प्रशासनिक खर्च भनेको पनि शेयर विक्रीबाट उठेको रकमबाट नै खर्च गर्नु पर्ने हुन्छ। बरु त्यो भन्दा खर्च कम गरौँ, उठेको रकम बढी भन्दा बढी सगूनकै विकासमा लगाउँ भन्ने भएकोले पनि शेयर मूल्य २३ राखिएको हो।
अहिले २९९ डलर लगानी गरेर २३ डलरको दरले १३ कित्ता शेयर खरिद गर्न सकिन्छ। मानौ २३ डलरको सट्टा शेयरको मूल्य ५ डलर कायम गरिएको भए झण्डै ६० कित्ता शेयर हुन्थ्यो। तर उसले लगानी गर्ने रकम त त्यहि २९९ डलर नै हो। अब कम्पनीको भ्यालु बढ्दा शेयरको भ्यालु बढ्ने हो तर शेयरको भ्यालु भनेकै उसले लगानी गरेको कूल रकम नै हो। जसरी पनि लगानीको कूल रकममा नै बढोत्तरी हुने भएकोले, हेर्दा महगों देखिए पनि वास्तविकतामा लगानी कर्तालाई कुनै असर गर्दैन।
११. नेपाल र नेपालीको पहिचान बढाउन सगूनमा लगानी गरौँ भन्दै प्रचारप्रसार गरिएको छ। तर भारतमा कार्यालय स्थापना देखि कर्मचारीहरुको पनि व्यवस्था गरिएको छ। त्यो काम नेपालमा गर्न सकिदैन थियो ?
नेपालमा गर्न वास्तवमा सकिदैन थियो। शुरुमा पनि कोशिस नगरेको होइन र अहिले पनि कोशिस गरिरहेका छौँ। नेपाल अहिले तयारी भइसकेको अवस्था अझै छैन। यदि त्यस्तो सम्भव भएको भए हामी पक्कै पनि नेपालमा नै जान्थ्यौँ। तर अहिले सम्भावना नभए पनि सम्भव बनाउन सकिन्छ। त्यहि भएर हाम्रोे ६ वटा माइलस्टोन प्रोजेक्ट मध्ये एउटा यहि प्रोजेक्ट छ कि नेपालमाा आइटी हव स्थापनाको प्रारुप शुरु गर्ने। हामीलाई चाहिने जनशक्ति उत्पादन गर्ने योजनामा छौँ।
भारतमा जानुको अर्को कारण भनेको मार्केट हो। अब हामी सजिलै प्रवेश गर्ने मार्केट भनेको भारत र अमेरिका हो। भौगोलिक र अन्य कारणहरुले पनि चाइना हाम्रो लागि अहिलेलाइ त्यति सजिलो छैन। त्यसकारण सजिलो बजार, युजर ग्रोथको सम्भावना बढी भएको र ट्यालेण्टको ठाउँको कारणले पनि भारतमा पुगिएको हो।
१२.कम्पनी घाटामा रहेको भन्ने कुरा एसइसीमा पेश गरेको डकुमेण्टमा देखिन्छ। यो घाटा नै हो त कम्पनीको ?
त्यहाँ हेर्दा घाटा देखिन्छ। तर त्यो वास्तवमा घाटा होइन। हामीले एस्इसीमा फाइल गर्ने बेलामा कन्र्भटिबल नोटको रुपमा उठाएको रकमलाई कमन शेयरकोरुपमा कन्भर्ट गर्न भ्याएका थिएनौ। मिनी आइपीओ स्विकृत भएपछि त्यसलाई कमन शेयरकोरुपमा कन्र्भट गर्ने गरि त्यो बेलामा त्यो रकमलाई ऋणकोरुपमा देखाइएको थियो। त्यसैले घाटा वा ऋण देखिएको हो त्यहाँ। अब मिनी आइपीओ स्विकृृत भइसके पछि हामी त्यो कन्र्भटिबल नोटलाई कमन शेयरको रुपमा कन्र्भट गर्ने प्रकृया शुरु गरिसकेका छौँ। त्यो घाटा होइन।
त्यसैमा फाउण्डरको नाममा कम्पनीले तिर्नु पर्ने भनेर पनि देखाएको छ। त्यो वास्तवमा के हो भने हिजोका शुरूवाती दिनमा हामीले कतिपय व्यक्तिहरुसंग र कतिपय समयमा सामूहिकरुपमा पनि ऋण लिएका थियौँ। ती सबै व्यक्ति वा सामूहिकरुपमा लिएका ऋणहरुलाई फाउण्डरको नामबाट एकमुष्ठ ऋण लिएको भनेर देखाइएकोले त्यस्तो देखिएको हो। ती सबै शुरुवाती अवस्थामा लिइएको ऋण हो। यो चाँही कम्पनीले तिर्नु पर्ने ऋण हो। त्यो डकुमेन्टमा ‘डेब्ट’ भनेर देखाइएको चाँही कन्र्भटिबल नोट हो जुन शेयरमा परिणत हुन्छ र त्यो ऋण होइन।
अन्त्यमा केहि भन्नु छ कि ?
सगून ग्लोबल कम्पनीकोरुपमा विकास गराउने नै हो। त्यसो भए पछि पुरा विश्व नै यसको लागि समान महत्वका स्थान हुन्। तर सगून नेपालीले स्थापना गरिएको भएको नाताले अरु समुदायले जस्तै नेपाली समुदायले पनि रिस्क लिन चाहन्छन् भने त्यसले दिने प्रतिफलको अवसर पहिला नेपालीले नै पाउनु पर्छ भन्ने मान्यतामा म छु। र यसै कारणले पनि पहिला हामी नेपाली समुदायमा गएका हौँ। नेपालीले शुरु गरेको भनेर गौरब महशुस गर्ने, सगूनको उन्नतीमा रमाउने र साथ दिने नेपालीहरुलाई पहिलो मौका दिने अनि त्यसपछि मात्र अन्य समुदायमा पुग्ने योजना छ। कसैलाई जर्वजस्ती वा करकापले लगानी गर्नुस भन्दैनौ। यो स्टार्टअप कम्पनी हो। यस्तो कम्पनीमा लगानी गर्नु जोखिम हुन्छ नै तर हामी सबै लागेर यसलाई सफल बनाउन सकिन्छ। त्यो अवस्थामा प्राप्त हुने ठूलो प्रतिफल पनि नेपालीमा नै पुगोस भन्ने चाहना हो। हामी कसैलाई पनि यस्तो हुन्छ नै, यति फाइदा हुन्छ नै भनेर भावुकतामा उचालेर क्षमता भन्दा बढी लगानी गर्न लगाउने, अथवा गलत जानकारीहरु दिएर बहकाउमा पार्ने काम गर्दैनौ। अमेरिकी सरकारको सम्वन्धित निकायले हाम्रा प्रोग्रामहरु, भविष्यका योजनाहरु लगायत धेरै कुरा हेरेर मिनी आइपीओको स्विकृती दिएको छ। हामी पब्लिकलाई हाम्रा सबै कुरा जानकारी गराएर हाम्रो योजनामा विश्वास भएपछि आफ्नो क्षमता अनुसार लगानी गर्नुस, हातेमालो गरौँ, संगै जोखिम मोलौँ र प्रतिफल प्राप्त भएपछि संगसंगै आफ्नो हिस्सा लिएर रमाआँै भनेका छौँ।
त्यसको साथै कहिँ कतै कसैले नबुझेर हुनसक्छ कि पब्लिकलाई मिस इन्फर्मेशन गरिएको वा मिस लिड गरिएको भन्ने गुनासो पनि सुनेको छु। सगूनको तर्फबाट पब्लिकमा लाने कुनै पनि सूचना, जानकारी वा सन्देशहरु एर्टनीलाई अप्रुभ गराएर मात्र लानु पर्ने कानूनी प्रावधान छ र हामीले त्यसो नै गरेका छौँ। हामीले मार्केटिङ मेटेरियल्सहरु यस्ता हुन्छन् भनेर पहिले नै सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनमा पेश गरिसकेका छौँ र थप केहि भए एर्टनीको करेक्सन पश्चात मात्र बजारमा ल्याइन्छ। यदि यसरी ल्याइएका कुराहरुमा मिसलिडिङ भएको छ भन्ने भएमा त्यो एस्इसीको अप्रुभलमाथि नै प्रश्न गरिएको भन्ने हामी बुझ्छौ। त्यसैले सगूनले आधिकारिकरुपमा बाहिर ल्याएका जानकारी वा सूचना बाहेकको कुराहरुले गलत बुझाइ भएको भए हामी जिम्मेवार हुन सक्दैनौ। तर पनि सगूनसंग सम्वन्धित कुनै पनि जिज्ञासा भएमा मलाई व्यक्तिगतरुपमा सम्पर्क राखेर प्रष्ट हुन अनुरोध गर्दछु। हामी पब्लिकमा सहि र सत्य जानकारी पु¥याउने कुरामा सचेत छौँ। अझ कसैले यो भन्दा बढी जान्न चाहेमा हाम्रो साइडमा जान पनि सुझाव दिन चाहन्छु। –साभारः सेतोपाटी


NEPAL NEWS Team
484 views

सम्बन्धित समाचारहरु