यतीलाई हराउदै सेन्ट जोर्जले जित्यो एकसपर्ट कप


  • January 29, 2017


यतीलाई हराउदै सेन्ट जोर्जले जित्यो एकसपर्ट कप

सिड्नी । मेलवर्नको चर्चित क्लब यती एफसीलाई हराउदै तेस्रो एक्सपर्ट कप फुटबल प्रतियोगिताको उपाधि सेन्ट जोर्ज क्लब सिड्नीले जितेको छ । तामाङ रिक्रेएसनल क्लबद्धारा आयोजित एक दिने फुटबल प्रतियोगितामा मेलवर्नको यती एफसीलाई टाइब्रेकरमा ५(४ गोलले हराउदै सेन्ट जोर्जले उपाधि हात पारेको हो ।
मेलवर्नवाट यती एफसीको प्रतिनिधित्व गर्दै मैदानमा उत्रेका अनिल ओझा, सुलभ मास्के र जगजित श्रेष्ठजस्ता उत्कृष्ट फुटबलहरुको खेल हेर्न लायक थियो । फाइनलमा सिड्नीको सेन्ट जोर्जको कप्तानी भुमिका निभाएका युडी गुरुङको टोलीले साच्चीकै उत्कृष्ट फुटबल खेलेपछि फाइनल हेर्न लायक बनेको थियो । 16409948_1538353156182710_1264997327_o
तिस मिनेटको फाइनलको निर्धारित समयमा दुबै टोलीको तर्फवाट एक एक गोल भएपछि खेल सडेन डेथमा गएको थियो । निर्धारित समयमा सेन्ट जोर्जका रन्जन भट्टराइ र यतीका सुलभ मास्केले गोल गरेका थिए । नाइन ए साइड फुटबल प्रतियोगिताको प्रारम्भीक चरणहरु भने पन्ध्र मिनेटमा सिमित गरिएको थियो । सिड्नीका राम्रा क्लबहरु ग्रानभिल,राइजिङ गोर्खाज र माछापुच्छ्रेहरु अन्तिम आठमै सिमित भएपछि खेलमा मेलवर्नको टोलीमा सबैको आखा गएको थियो । राष्ट्रीय टोलीवाट चर्चा कमाएका फुटबलरहरुको उपस्थीतीले बलियो देखिएपनि फाइनलमा कमजोर रक्षापंक्ती यतीको हारको कारण बन्यो । सुलभ, अनिल र जगजितले अगाडिको मार्चा सम्हालेपनि मध्यपंक्ती र रक्षापंक्तीको अभाव खट्कीयो । टाइब्रेकरमा सेनट जोर्जका गोलरक्षक मिलन गिरी नायक साबित भए । उनले यतीका पाका खेलाडी हरी गुरुङको बलमा रोकेनन, अन्तिम पेनाल्टी समेत आफैले गरेर सेन्ट जोर्जको नाममा उपाधि समेत दिलाए । 16389399_1538353016182724_15179840_o
अखिल नेपाल फुटबल संघका महासचिब धिरेन्द्र प्रधानले एक समारोह बिच प्रतियोगिताको उदघाटन गरेका थिए । पारिबारीक भ्रमणमा सिड्नी आइपुगेका प्रधानलाई प्रतियोगितामा अतिथी बनाइएको हो । प्रधानले प्रतियोगिताको उदघाटन गर्दै अस्ट्रेलियामा पनि प्रवासी नेपाली बिच यत्रो फुटबल प्रतियागिताको आयोजना हुनु खुसीको बिषय भएको बताए ।
प्रधानले यहा जन्मीएर फुटबलमा देखिएका युवा प्रतिभाहरुले नेपालको प्रतिनिधित्व गर्न सक्ने हुनाले यस्ता खाले प्रतियोगिताहरु मुलुकका लागि पनि उपलब्धी मुलक रहने जिकिर गरे ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मिलन गिरी , हाइएस्ट स्कोरर अशिस श्रेष्ठ र बिमल थापा , उत्कृष्ट खेलाडी यती एफसी निराजन राइ घोषित भए ।
विजेता खेलाडीलाई एक्सपर्टका निर्देशक सन्जीव शर्मा , टएआरसीसीका संस्थापक अरुण तामाङ , म्याच कमीस्नर राजु श्रेष्ठ , म्याच डाइरेक्टर बैकुन्ठ डंगोल , समाजसेवी पदम शाक्य ,टीआरसीसीका अनिल तामाङ , राजिव श्रेष्ठ लगायतले ट्रफी तथा नगद प्रदान गरेका थिए । विजयी टोलीस्ले पन्ध्र सय अस्ट्रेलियन डलर र उप विजेताले पाँंच सय डलर तथा ट्रफी हात पारेका थिए ।


NEPAL NEWS Team
592 views

सम्बन्धित समाचारहरु