आज सिड्नीमा ज्या ल्होछार २८५३ मनाइदैं


  • January 28, 2017


आज सिड्नीमा ज्या ल्होछार २८५३ मनाइदैं

सिड्नी । तामाङ सोसाइटी अफ सिड्नीको आयोजनामा आज शनिवार साँझ ४ बजेबाट सिड्नीमा ज्या ल्होछार भव्यताका साथ मनाउन लागिएको छ । सोसाइटीका अनुसार उक्त कार्यक्रमका कलाकारहरु रोज मोक्तान र बुद्धि तामाङले (हैंट्) विशेष कमेडी प्रस्तुत गर्ने भएका छन् । साथै उनीलाई कलाकार दिल तामाङ र फुवा तामाङले पनि साथ दिने भएका छन् ।
पिटरश्याम स्थित १०७ किस्टल स्ट्रिटमा हुने उक्त कार्यक्रममा विभिन्न तामाङका साँस्कृतिक कार्यक्रमहरु साथै गीत संगीतबाट उपस्थित दर्शक महानुभावहरुलाई भरपूर मनोरञ्जन प्रदान गरिने छ । कार्यक्रममा भिआइपी टिकट ५० डलर तथा साधरण टिकट दर ३० डलर राखिएको छ । कार्यक्रममा उपस्थित सबै जनालाई नेपाली खानाका मिठो परिकारहरु समेत निःशुल्क खुवाइने भएको छ । कार्यक्रममा उपस्थिति जनाइदिनु भई नेपाली कला संस्कृतिको जर्गेना गरिदिनु हुन पनि सो सोसाइटीले सिड्नीवासी नेपाली समुदायलाई अनुरोध गरेको छ । थप जानकारी चाहिएमा दिल तामाङ ०४०१५६४५६२ वा किशोर लामा ०४०६६७५८८९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।


NEPAL NEWS Team
358 views

सम्बन्धित समाचारहरु