सिड्नीमा मनाइयो पृथ्वी जयन्ती


  • January 11, 2017


सिड्नीमा मनाइयो पृथ्वी जयन्ती

सिड्नी । नेपाली हामी रहुँंला काहाँ नेपालै नभए । सिड्नीमा राष्ट्रियता अनि राष्ट्रको प्रेमभाव दर्शाउदै स्थानिय नेपाली समाजका अगुवाहरुले एक कार्यक्रमविच पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन । नेपाल एकिकरणका नायक तथा खण्ड खण्ड राज्य एकिकरण गरेर अखण्ड राज्य निमार्ण गर्ने पृथ्बी नारायण शाहलाई हरेक नेपालीले संझना गर्नुपर्ने स्थानिय बक्ताहरुले बताए । Screen Shot 2017-01-12 at 8.44.04 am
शाह बंश र राष्ट्रीयता दुइ फरक बिषय भएकोले यसलाइ जोडेर हेर्न नहुने कुरा कार्यक्रमका सभापती मेघराज श्रेष्ठले बताए । श्रेष्ठले आफु नेवारको छोरो र मल्लकालिन भारदारको सन्तान भएपनि राष्ट्रीयता र पहिचानको बिषयमा पृथ्वी नारायणलाई राष्ट्र निमार्ताका रुपमा सम्मान गर्ने बताए ।
कार्यक्रममा गैर आवासिय नेपाली संघका युवा संयोजक विजय पोखरेलले इतिहास मेटेर मेटिने बिषय नभएकोले अहिलेका शासकहरुमा राष्ट्रयताको भावना कमजोर हुदै गरेको तर्क गरे । पोखरेलले अगाडि भने ,नेपाल नभएको भए हामी कहा हुन्थौ, के ले चिनिन्थ्यौ ,देशै नरहे हामी कहा रहन्थ्यौ ,यस्ता प्रश्नहरुले गंभिर बनाइरहदा एकता दिवस हाम्रो लागि संझनायोग्य दिनका रुपमा रहेको उनले बताए । Screen Shot 2017-01-12 at 8.44.40 am
कार्यक्रममा एनआरएनकी प्रवक्ता रन्जु थापाले एकता दिवस भन्दा पनि नेपालीहरुलाई एकताको सुत्रमा बाध्ने पर्वका रुपमा पृथ्वी जयन्ती रहेको बताइन ।
कार्यक्रममा बोल्दै पुर्व एनआरएन आइसीसी सदस्य निरज श्रेष्ठले पृृथ्वी जयन्ती राष्ट्र एकिकरणको संझना गर्ने दिनका रुपमा रहेकोले यसलाई महत्वका साथ हेरिनुपर्ने बताए । श्रेष्ठले भने , यहा तोड्नेहरुको बिगबिगी छ , जोडनेहरुको संझना गर्ने फुर्सत पनि उनिहरुलाई नहोला तर हामी नेपाली भएर बसेका प्रवासीहरुले पृथ्वी जयन्तीलाई महत्वपुर्ण अवसरका रुपमा मान्नुपर्छ ।
नेपाल एकिकरण मात्र होइन, धुस खान्या र दिने दुबै नेपालीका शत्रु हुन , भन्ने कुरालाई त्यतिबेला ब्यवहारमा ल्याउने पृथ्वी नारायण र बिसे नगर्चीको सल्लाह लिने उनको निती अहिले पनि देशका लागि अबिस्मरणिय रहेको एनआरएनका सल्लाहकार मन केसीले बताए । एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष डिला खरेलले हरेक नेपालीले सलाम र सम्मान गर्नु पर्ने ब्यक्तीत्वका रुपमा पृथ्बी नारायण रहेकाले उनलाई तन्त्रसँंग जोडिदाँं अन्याय हुने बताए । Screen Shot 2017-01-12 at 8.44.04 am
कार्यक्रममा पुराना नेपाली समाजका अगुवा प्रल्हाद केसीले पृथ्वी नारायण शाहलाई बिर्सनु भनेको देशलाई माया नगर्नु बराबर भएको बताए । त्यस बेलामा गोर्खावाट सुरु गरेर नेपाल निमार्णको अभियान पुरा गर्ने पृथ्बी एकताका प्रतिक भएकोले यसलाई नेपाली समाजले अवसरका रुपमा मनाउनु पर्ने केसीले सुनाए ।
कार्यक्रममा राइट एन्ड एशोसियट्सका निर्देशक पीआर अधिकारीले देशको नक्सा कोर्ने अभियन्ताका रुपमा पृथ्बी नारायणलाई सम्मान गर्न‘ पर्ने बताए । प्रवासमा यसरी राष्ट्रीय एकता दिवस मनाउन पाउनु हाम्रो लागि गौरवको बिषय भएकोले राज्यले सम्मान गर्नु पर्ने अधिकारीेले सुनाए । कार्यक्रममा नरेश थापा,कन्चन पोखरेल तथा बिमल भट्टराइले पनि नेपाल एकिरकण र एकता दिवसको गरिमाका बिषयमा धारणा राखेका थिए । यसै बिच ब्रिसबेनमा पनि केहि युवाहरुले पृथ्वी जयन्तीलाइ उनको फोटो प्रर्दशनी गर्दै मनाएको छन ।


NEPAL NEWS Team
346 views

सम्बन्धित समाचारहरु