Sunday, December 3, 2023

एनएडिएफको चियापान तथा बारबिक्यू कार्यक्रम हुँदैं


  • January 5, 2017


एनएडिएफको चियापान तथा बारबिक्यू कार्यक्रम हुँदैं

सिड्नी । चालिसौं राष्ट्रिय मेलमिलाप दिवस तथा नयाँ वर्ष २०१७ को अवसर पारेर नेप्लीज अस्ट्रेलियन डेमोक्र्याटिक फोरम (एनएडिएफ) ले यहि जनवरी ७ तारिख शनिवारका दिन एसफिल्ड पार्कमा चियापान तथा बारविक्यू कार्यक्रमको आयोजना गर्ने भएको छ । संस्थाका अध्यक्ष विवेक थापाका अनुसार उक्त अवसरमा नेपाली राजनीतिका प्रखरवक्ता तथा समाजवादी चिन्तक प्रदिप गिरीले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त अवसरमा सिड्नीवासी नेपालीहरुलाई उपस्थिति जनाईदिनुभई एकआपसमा नयाँ वर्षको शुभकामना सहित मेलमिलापको सन्देश आदनप्रदान गर्नुहुन पनि संस्था सबैलाई अनुरोध गरेको छ ।
विहान ११ वजेदेखि साँझ ५ बजेसम्म हुने कार्यक्रम सबैको लागि निशुल्क गरिएको हँुदा विभिन्न संघ, संस्थाका प्रतिनिधिहरु तथा शुभचिन्तकहरुलाई समेत विशेष निमन्त्रणा गरिएको छ । यस वारेमा थप जानकारीका लागि थानु शाक्य ०४२४६९९९२५, रोहित खड्का ०४५२६२३५००, अर्जुन केसी ०४२३३०४८८३, रामजी बस्नेत ०४३४९८७९९४ र प्रमिता शर्मा ०४५२४५०३०० लाई सम्पर्क गर्न सकिनेछ ।


NEPAL NEWS Team
222 views

सम्बन्धित समाचारहरु