सिड्नी । क्रिसमसको रमाइलो गर्ने क्रममा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। कीर्तिपुर १२ भत्क्यापाटी निवासी २९ वर्षीय सुजन अधिकारीको पौडी खेल्ने क्रममा सिड्नीमा आइतबार डुबेर मृत्यु भएको छ।
सिड्नीबाट करिब चालिस किलोमिटरको दूरीमा रहेको वाटामोला पार्कमा साथीभाईसँग क्रिसमसमा रमाइलो गर्न गएका उनी पोखरीमा डाइभ हान्ने क्रममा मृत्यु भएको हो।
क्रिसमसको बिदा मनाउन र रमाइलो गर्न वाटामोला पुगेका सुजन गर्मीका कारण पौडी खेल्न गएका थिए। समुन्द्रसँग जोडिएको र माथि डाडाँ र तल तलाउ रहेको सो स्थानमा माथिबाट हामफाल्ने र रमाइलो गर्ने क्रममा सुजनको निधन भएको हो ।
पहिलो पटक माथि चट्टानमा चढेर डाइभ गरेपछि उत्साही भएका सुजन दोस्रो पटक हामफाल्ने क्रममा पानीमै अचेत भएका थिए। करिब २५ फीट अग्लो स्थानवाट डाइभ गर्दा उनले सावधानी नअपानाएको कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।
उनी पानीमा अचेत भएपछि तुरुन्तै पानीबाट बाहिर निकालेर प्राथमिक उपचार गरेको र केही छिनमै एम्बुलेन्स आए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
सन २००९ मा अस्ट्रेलिया आएका सुजनले भिक्टोरिया युनिभर्सिटीबाट एकाउन्टिङमा अध्यन पूरा गरेका थिए। यसअघि पनि क्रिसमसकै बेला दुई नेपाली युवाको पानीमा डुबेर ज्यान गुमाइसकेका थिए। अस्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउने नेपालीको संख्या यसै वर्ष मात्र पाँच पुगेको छ।
उनको सवलाई परिबारको चाहना अनुरूप नेपाल पठाउन आवश्यक पहल सुरु गरिएको एनआरएनले जनाएको छ ।
स्वर्गिय अधिकारीको शव नेपाल पठाउनु पर्ने भएकोले निम्म खातामा आफुले सकेको सहयोग गर्न अनुरोध छ ।
A/c Name : Santosh Adhikari
BSB : 062235
A/c no : 10578257