Thursday, December 7, 2023

चितवन समाजले बारबिक्यू कार्यक्रम गर्दै


  • October 26, 2016


चितवन समाजले बारबिक्यू कार्यक्रम गर्दै

सिड्नी । नेपालीहरुको महान चाड दशैं तिहारको अवसर पारेर चितवन समाज अस्ट्रेलियाले यहि अक्टोबर २९ तारिख शनिवारका दिन एस्फिल्ड पार्कमा बारबिक्यूको आयोजना गर्ने भएको छ । समाज अध्यक्ष बुद्धि डल्लाकोटीका अनुसार प्रवासमा छरिएर रहका नेपालीहरुमा भाइचारा सद्भाव कायम राख्दै आपसमा दशैंतिहारको शुभकामना आदनप्रदान प्रदान गर्ने हेतुले सो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
विहान १२ बजेदेखि शुरु हुने सो बारबिक्यूमा सहभागी भई आपसमा शुभकामना साटासाट गर्न समाजका अध्यक्ष डल्लाकोटीले सिड्नीवासी नेपाली समुदायलाई आग्रह गरेका छन् । सन् २०११ मा स्थापना भएको सो समाजले प्रवासमा छरिएर रहेका नेपालीहरु एकता, सद्भाव कायम राख्न वर्षेनी जमघट गर्ने हेतुले यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।


NEPAL NEWS Team
213 views

सम्बन्धित समाचारहरु