Thursday, April 18, 2024

रुपन्देही संजालको शुभकामना तथा बार्बिक्यु सम्पन्न


  • October 24, 2016


रुपन्देही संजालको शुभकामना तथा बार्बिक्यु सम्पन्न

रुपन्देही सामाजीक सञ्जाल अष्ट्रेलियाको आयोजनामा अक्टोबर २३ तारिख अष्ट्रेलिया सिड्नीमा रहेका नेपाली समुदाय बिच दशैं तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सिड्नीको kendrick park ,CNR of princes highway and view street tempe मा सम्पन्न सो कार्यक्रममा सिड्नीमा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त शुभकमना आदानप्रदान कार्यक्रममा बोल्दै संजालका अध्यक्ष राज खनालले उपस्थित सवैलाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि यहाहरुको यस्तै सहयोग र सद्भावप्राप्त भैरहने विश्वास ब्यक्त गरे ।

14702428_1012834005510490_7266664761577486753_n 14717265_1012833375510553_6597220385330123849_n 14708310_1012833952177162_369687525983875650_n

उनले हाम्रै नेपाली संस्कृती तिहारलाई सम्झदै देउसी भैलो खेल्दै रमाईलो गर्दै,साथै साथि भाई ईष्टमित्र तथा आफन्तहरु संग दशैं तथा तिहारको शुभकामना बांड्दै साथै बाबिक्यु खांदै सो कार्यक्रम सफलता पुर्वक सम्पन्न गराउन सहयोग गर्नुहुने सबै प्रति आभार ब्यक्त गरे ।कार्यक्रममा सस्थाका महासचिब कृष्ण गैरेले सस्थाको विभिन्न गतिविधिको बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा कलाकार इश्वोर पोखरेल लगायतले गीत प्रस्तुत गरेका थिय भने देउसी भैलो तथा लंगुर बुर्जा पनि खेलिएको थियो ।


NNA Team
338 views

सम्बन्धित समाचारहरु