बुढानिलकण्ठलाई हराउँदै डाँफे क्रिकेट क्बल विजयी


  • October 17, 2016


बुढानिलकण्ठलाई हराउँदै डाँफे क्रिकेट क्बल विजयी

सिड्नी । सिड्नी थन्डर क्रिकेट क्लबद्धारा आयोजित थन्डर नेसन कप क्रिकेट प्रतियोगितामा डाँफे क्रिकेट क्लब विजयी भएको छ । निर्धारित ७ ओवरको खेलमा डाँफेले ५ विकेट गुमाएर ६१ रन बनाउनु सफल भएको थियो । जसमा अजय लामाले सर्वाधिक १८ (७ ) बनाएका थिए । भने यता जवाफी ब्याटिङमा बुढानिलकण्ठले ३ विकेट गुमाएर ४७ रन हान्न सफल भयो । सो क्लबका तर्फबाट प्रसुनले १९ (९) बनाउन सफल भए । डाँफेका तर्फबाट अजय लामाले २ ओवरमा बुढानिलकण्ठलाई जम्मा ९ रन दिएका थिए ।
यो जीतसँगै डाँफे २३ अक्टोबरका दिन थन्डर नेसन कपमा नेपाललाई प्रतिनिधित्व गर्ने भएको छ । अर्लउडमा संचालन भएको उक्त क्रिकेट प्रतियोगितामा जम्मा १६ वटा टिमले भाग लिएका थिए ।


NEPAL NEWS Team
364 views

सम्बन्धित समाचारहरु