रेवती कपको उपाधि युनाइटेड मेलवर्नलाई


  • October 5, 2016


रेवती कपको उपाधि युनाइटेड मेलवर्नलाई

सिड्नी । दी राइजिङ गोर्खाज नेप्लीज फुटबल क्लब, रकडेलको आयोजनामा सन्चालित रेवती स्मृती कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि युनाइटेड फुटबल क्लब मेलवर्नले जितेको छ । फाइनलमा सीड्नीको माछापुच्छ्रे क्लबलाई ५-२को अन्तरले हराउदै युनाइटेड एफसीले उपाधि कब्जा गरेको हो ।
नेपाली फुटबलमा समेत चिनिएका एकजन तुलाधर, मनीष हाडा, सुरज श्रेष्ठसम्मीलित मेलवर्नको युनाइटेडले प्रतियोगिताको प्रारम्भदेखिनै उत्कृष्ट खेल पस्केको थियो । रातभरको माइक्रोको यात्रापछि सीड्नी आइपुगेको टिमले सिधै प्रतियोगिता खेलेको थियो । राता आँंखा र थकित अनुहारका बावजुद ट्रफी हात पारेर मेलवर्न लानु खुसीको बिषय भएको गोलरक्षक मनिष हाडाले बताए ।
लाकेम्बास्थीत इन्डोर हलमा आयोजित प्रतियोगिताको सेमिफाइनलमा युनाइटेडले आयोजक दी राइजिङ गोर्खाजलाई र माछापुच्छ्रेले सेन्ट जोर्जलाई हराउदै फाइनल यात्रा तय गरेका थिए । प्रतियोगिताको फाइनलमा उत्कृष्ट खेल खेलेवापत सुजन थापाले म्यान अफ दी फाइनलको उपाधि हात पारे । यस्तै प्रतियोगिताकै उत्कउष्ट खेलाडीको उपाधि युनाइटेड एफसीका सुरज श्रेष्ठ घोषित भए । 14522489_1358279410856753_1825288375_o
लामो समय अस्ट्रेलियामा रही नेपाली फुटबलमा लागि परेका रेवती राइको संझनामा प्रतियोगिता आयोजना भैरहेको कुरा आयोजक राइजीङ गोर्खाजका अध्यक्ष ज्ञानेन्द्र सिटौलाले बताए । विजेताले पाँंस सय डलर र रनिङ ट्रफी तथा उप विजेताले तिन सय डलर हात पारेका छन । सातौ संस्करणमा सम्म आइपुग्दा यसको उपाधि विजेताले अर्को बर्ष यस प्रतियोगिताको आयोजना गर्ने जिम्मेबारी पाउने गर्दछ ।
प्रतियोगिताको भेट्रानतर्फ भने माछापुच्छ्रेले फाइनलमा युनाइटेड एफसी मेलवर्नलाइ हराउदै पहिलो स्थान हात पारेको थियो ।
लालीगुरासवाट फुटबल खेल्ने रेवती राइको सन २००८मा निधन भएको थियो । उनैको संझनामा सीडनीका फुटबलप्रेमी मनोज लामा र अरुण तामाङले प्रतियोगिता सुरु गरेका थिए ।


NEPAL NEWS Team
574 views

सम्बन्धित समाचारहरु