एनएडीएफको कार्यभार हस्तान्तरण सम्पन्न


  • September 26, 2016


एनएडीएफको कार्यभार हस्तान्तरण सम्पन्न

सिड्नी । नेपाल अस्ट्रेलियन डेमोक्रयाटीक फोरम(एनएडिएफ)ले सीड्नीमा एक बिशेष कार्यक्रम बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेशका पुर्व सचेतक तथा जलश्रोत बिशेषज्ञ लक्ष्मण घिमिरे र पर्वतका कांग्रेशका नेता नवराज गुरुङको उपस्थीतीमा आयोजीत कार्यक्रममा संविधान कार्यान्वयनमा देखिएका जटिलताका बिषयमा बक्ताहरुले बोलेका थिए ।
अठार बर्षअघि सीड्नीमा प्रजातन्त्रबादीहरुले खोलेको यो संगठनले आफ्नो पद हस्तान्तरण कार्यक्रममा एनएडीएफले मुलुकको संविधानसँंग जोडेर अन्तरक्रिया गरेको हो । कार्यक्रममा प्रमुखअतिथीको आसनवाट बोल्दै नेता लक्ष्मण घिमिरेले अहिले हचुवाका भरमा धर्म ,जाती र सम्प्रदायलाई सम्वोधन नगरी संविधान कार्यान्वयन गर्ने हो भने यसले अस्थीरता ल्याउने बताए । घिमिरेले संविधान कार्यन्वयनको पहिलो चरणमा यसलाई सर्वस्वीकार्य बनाउन राज्यले ध्यान दिनुपर्ने धारणा ब्यक्त गरे ।
उनले नेपाली कांग्रेशले राष्ट्रियता,प्रजातन्त्र र समाजवादलाई बिर्सदै गएको हो की भन्ने भान समेत पर्न थालेकोमा चिन्ता ब्यक्त गरे । नेता घिमिरेले पार्टी भित्र देखिएको गुट उपगुटको राजनितीले नेपाली कांग्रेशलाई कमजोर पार्ने बताउदै पार्टीका नेताहरु अहिलेनै सचेत र सजग हुनु पर्नेकुरामा जोड दिए । कार्यक्रममा जलश्रोतमा लागानीको संभावना र चुनौतीका बिषयमा समेत पुर्व जलश्रोत राज्य मन्त्री लक्ष्मण घिमिरेवाट जानकारी लिइएको थियो ।
अर्का नेता नवराज गुरुङले बीपीको समाजवादी चिन्तनवाट प्रभावित भएर आफु नेपाली कांग्रेशमा प्रवेश गरेको बताउदै भने, जातियताको राप अलापेर मुलुकलाई बिखन्डन तिर लान खोज्नेहरुसँंग सावधान हुनु पर्दछ । हो जातिय ,क्षेत्रीय र लैंगिक समानता र अधिकारमा राज्य गम्भीर हुनुपर्दछ तर जवानीमा गोर्खा पल्टनमा बन्दुक बोक्न जाने अनि स्वदेश फर्केर जातीय राज्य चाहियो भन्नेहरुसँंग मेरो सहमती छैन । निकै जोशिलो मुद्रामा प्रस्तुत भएका गुरुङले भने ,गोर्खापल्टनमा गएर बहादुरीको इतिहास बनाएका जनजातीको इश्र्या बाहुन क्षेत्रीले गरेर पनि हुदैन । अनी .बाहुन क्षेत्रीले टुप्पी कसेर पढेर सचिव र सीडीओ भए भनेर जनजातीले हल्ला गर्नु पनि बेकार छ ।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले एउटा सिंगो इतिहास बोकेको संस्थाका रुपमा एनएडीएफले बनाएको पहिचानलाई नया कार्यसमितीले थप उजिल्याउने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा एनआरएन ओसेनियाका संयोजक महेन्द्र लम्साल ,शिक्षबिद केशवभक्त सापकोटा र पत्रकार मनरीषी धितालले संस्थाको उत्तरोत्तर प्रगतीको कामना गरेका थिए । कार्यक्रममा एनएडीएफका पुर्व अध्यक्ष बालचन्द्र भट्टराइले नवनिर्वाचित अध्यक्ष बिवेश थापालाई माइन्युट पुस्तीका हस्तानतरण गर्दै कार्यभार सुम्पेका थिए ।
एनएडीएफका महासचिव ज्ञानेन्द्र रेग्मीले संगठनको पछिल्ला गतिविधी र कोषाध्यक्ष डिला खरेलले छोटकरीमा आयब्ययको बिवरण पेश गरेका थिए ।
कर्यक्रममा निर्वाचन समितीका तर्फवाट दिनेशराज जोशीले पुरानो कार्यसमितीलाई धन्यबाद र नयालाई बधाइ दिए भने छबी सापकोटाले सबै आगन्तुकलाई स्वागत गरेका थिए । कार्यक्रममा सीडनीका बिभिन्न संघ संगठनकातर्फवाट रमेश पाण्डे, बिनोद पौडेल, बुद्धी डल्लाकोटी , कोमल पाठकलगायतले नया कार्यसमीतीलाई बधाइज्ञापन गरेका थिए ।
बीवेक थापा अध्यक्ष चुनिएको नया कार्यसमितीको उपाध्यक्षमा पुर्णनाथ घिमिरे र सुरेन्द्र सापकोटा तथा महासचिबमा माधब गैरै र सचिबमा थानु शाक्य ,कोषाध्यक्षमा सत्यप्रकाश कडेंल निर्विरोध बिजयी भएका थिए ।


NEPAL NEWS Team
215 views

सम्बन्धित समाचारहरु