Monday, December 4, 2023

सिड्नी मेट्रो कलेज नवाज कप २०१६ को उपाधि ग्रानभिल राइनोजलाई (फोटो फिचर सहित)


  • September 19, 2016


सिड्नी मेट्रो कलेज नवाज कप २०१६ को उपाधि ग्रानभिल राइनोजलाई  (फोटो फिचर सहित)

सिड्नी । नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) द्धारा आयोजित सिड्नी मेट्रो कलेज नवाज कप २०१६ फुटबल प्रतियोगिताको उपाधि ग्रानभिल राइनो्ले जित हात पारको छ ।
सिड्नीको लिडकम स्थित वाइड पार्कमा आइतवार १८ सेप्टेम्बरमा भएको फाइनल खेलमा दी राइजिङ गोर्खाजलाई ट्राइवेकरमा हराउँदै जीत हात पारेको हो ।
अविरल झरिका कारण पनि सिड्नीवासी फुटबल पारखी नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त फाइनल खेलमा दी राइजिङ गोर्खाज् र ग्रयान्भिल राइनोज्ले निर्धारित समयमा २ ÷२ गोलको बराबरीमा टुङगाएपछि पेलान्टी सुटआउट गरिएको थियो । पेलान्टि सुटआउटमा समेत ३÷३ गोल भएपछि पछि गोल्डेन पेलान्टी सुटआउटबाट खेलको नतिजा ग्रानभिल राइनोज्ले आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।
खेलको प्रारम्भदेखि नै दबाब सृजना गरेको राइजिङ गार्खाज्ले मध्यान्तर अगाडि ग्रनाभिललाई २ गोल प्रहार ग¥यो । राइजिङका सुनिल भण्डारी र अमरिस खरेलले गोल गरेका थिए ।screen-shot-2016-09-20-at-9-46-19-am
मध्यान्तर अगाडि दुई गोलको अग्रता लिएको राइजिङले मध्यान्तर लगत्तै रक्षापंक्ती चुकेपछि पहिलो गोल खाएको थियो ।
खेलको अन्त्यतिर खेल सकिन झण्डै ५० सेकेण्ड वाकी छँदा जितको नजिक पुगेको राइजिङविरुद्ध ग्रानभिलले गोल गर्दै खेललाई बराबरीमा टुङग्याएको थियो । ग्रानभिलका लागि असिम पोखरेल र शिशिर थापाले एक एक गोल गरेका थिए। टाइब्रेकरमा ग्रानभिल राइनोज्का गोल रक्षक सामुयल श्रेष्ठको चमत्कारीक प्रर्दशनसँगै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।
प्रतियोगितामा सेन्ट जोर्जलाई हराउदै माछापुच्छ्रेले तेस्रो स्थान हात पार्न सफल भयो । प्रतियोगिताको म्यान अफ दी सिरिजमा ग्रानभलिका सुपर गुरुङ ,म्यान अफ दी फाइनलमा ग्रानभिलमा सामुयल श्रेष्ठ, ,वेस्ट डिफेन्डरमा सुदिप क्षेत्री वेस्ट मिडफील्डरमा सुनिल भण्डारी र राजेश श्रेष्ठ छानिएका थिए ।
त्यस्तै ३५ बर्ष माथिको भेट्रान फाइनलमा माछापुच्छ्रेले सेन्ट जोर्जलाई हराउदै पहिलो स्थान हात पारेको थियो । प्रतियोगिताका विजेतालाई एनआरएनएका कार्यवाहक अध्यक्ष दिनेश पोखरेल ,नवाजका सल्लाहकारहरु बद्री अर्याल, उज्वल दाहाल, सन्जु रोका ,नवाजका अध्यक्ष बिनोद शर्मा, एनआरसीका अध्यक्ष विष्णु हमाल, नवाजका भोलुन्टीयर लगायतले ट्रफी, प्रमाणपत्र तथा नगद प्रदान गरेका थिए ।screen-shot-2016-09-20-at-9-46-49-am
प्रतियोगितामा प्रथम हुने टीमलाइ सिल्ड, र प्रमाणपत्र सहित १२०० डलर, दोस्रोलाई टीमलाई ६०० र तेस्रो स्थान हात पार्ने टीमलाई ३ सय ५० डलर प्रदान गरिएको थियो । कार्यक्रममा नवाजका भोलुन्टीयर तथा स्पोन्सरहरुलाई प्रमाणपत्रका साथै टोकन अफ लभ पनि प्रदान गरिएको थियो ।
करिब ४ महिना अगाडिदेखि संचालित नवाज कप फुटबलमा १९ टिमको सहभागिता रहेको नवाजका अध्यक्ष बिनोद शर्माले जानकारी दिए । सन् १९९९ मा स्थापीत नवाजले प्रत्येक वर्ष नेपालीबीच भाइचारा तथा आपसी सम्बन्ध विस्तारका लागि फूटबल प्रतियोगिताको आयोजना गर्दै आएको शर्माले बताए । खेलको समापनपछि फुटबलमा आधारित पत्रकार भोजराज भाटद्धारा निर्दे्िशत डकुमेन्ट्री “सुनाकली” समेत प्रर्दशन गरिएको थियो । प्रतियोगिताको म्याच डाइरेक्टरमा पुराना नेपाली फुटबलर राजु मानन्धर रहेका थिए । कार्यक्रमको संचालन नवाजका खेल संयोजक प्रकाश पन्थी तथा नवाजका कोषाध्यक्ष प्रदिप पन्थीले गरेको थिए । screen-shot-2016-09-20-at-9-46-37-am


NEPAL NEWS Team
262 views

सम्बन्धित समाचारहरु