नवाज कप–२०१६ फाइनल खेल आइतवार हुने समापनपछि “सुनाकली” प्रर्दशन गरिने


  • September 15, 2016


नवाज कप–२०१६ फाइनल खेल आइतवार हुने  समापनपछि “सुनाकली” प्रर्दशन गरिने

सिड्नी । नेप्लीज अष्टे«लियन वेलफेयर सोसाइटी(नवाज) ले सन् २०१६ को सिड्नी मेट्रो कलेज नवाज कप फुटबल प्रतियोगिताको फाइनल खेल यहि आइतवार सेप्टेम्बर १८ तारिख आइतवारका दिन लिडकम स्थित वाइड पार्कमा गर्ने भएको छ ।
करिब ४ महिनादेखि निरन्तर प्रत्येक आइतवार संचालन हँुदै आएको फुटबल खेलको समापनको तयारी यसपटक नवाजले पृथक किसिमले गर्ने जनाउको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष गीतसंगीतबाट पनि दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिने छ । नवाजका अध्यक्ष बिनोद शर्माका अनुसार उक्त दिन विहान ९ बजेदेखि ३५ वर्ष उमेर समुहको खेल प्रारम्भ हुनेछ । उक्त समुहमा माछापुच्छ«े फुटबल क्लब र सेन्ट जर्ज नेप्लीज क्लब भिड्ने भएका छन् । भने विहान ११ बजे तेस्रो स्थानका लागि सेन्ट जर्ज फेन्ड्स फुटबल क्बल र माछापुच्छ्रे क्बल बिच प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै सोही दिन १ः३० बजे फाइनल खेलका लागि दी राइजिङ गोर्खा र ग्य्रान्भिल राइनोज् फुटबल क्लब मैदानमा उत्रिने भएका छन् । उक्त फाइनल खेलमा बालवालिकाहरुको लागि समेत जम्पिङ क्यास्टल, किडस् पेलान्टी सुटआउटका खेलहरु समेत समावेस गरिने छ । साथै उपस्थित दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गर्न म्युजिकल चियर लगायतका कार्यक्रमहरु समेत राखिएको अध्यक्ष शर्माले नेपाल न्युज अस्ट्रेलियालाई बताए ।
नवाजका स्पोर्ट कोर्डिनेटर प्रकाश पन्थीका अनुसार विजेता टिमलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसमा प्रथम हुने टीमले पुरस्कार वापत सिल्ड, र प्रमाणपत्र सहित १२०० डलर, दोस्रो स्थान ल्याउने टीमलाई ६०० र तेस्रो स्थान ल्याउने टीमलाई ३५० डलर पाउनेछन् ।
फुटबलको मज्जा लिदै नेपाली फुटबल पारखीहरुले नेपाली खानाका विभिन्न परिकारको समेत स्वाद लिन पाउनेछन् । उक्त खेल परिसरमा विहानैदेखि फ्रि कफिको समेत व्यवस्था गरिएको छ । उक्त फाइनल खेलमा खेलाडीहरुको मनोबल बढाउन तथा रोमाञ्चक खेलको भरपूर्ण आनन्द लिन सवैलाई उपस्थितीको लागि समेत नवाजका अध्यक्ष शर्माले नेपाली समुदायलाई आग्रह गरेका छन् । करिब ४ महिना अगाडिदेखि संचालित नवाज फुटबल खेलमा १९ टिमको सहभागिता रहेको थियो । खेलको समापनपछि फुटबलमा आधारित पत्रकार भोजराज भाटद्धारा निर्देशित डकुमेन्ट्री “सुनाकली” समेत प्रर्दशन गरिने भएको छ ।
सन् १९९९ मा गैर–नाफामुलक संस्थाको रुपमा स्थापित नवाजले प्रत्येक वर्ष नेपाली दाजुभाइबीच भाइचारा तथा आपसी सम्बन्ध विस्तारका लागि फूटबलको आयोजना गर्दै आएको छ । यस नवाज कपको म्याच डाइरेक्टरमा राजु मानन्धर रहेका छन् । प्रवासमा फुटबलको माध्यमबाट आपसी सम्बन्ध विस्तारमा नवाजले खेलेको भूमिकाको म्याच डाइरेक्टर मानन्धरले प्रंसशा गर्दै फुटबल खेलले शरिरलाई स्फुर्ति राख्दैं अनुशासित बन्न सिकाउने बताए । यस वारेमा थप जानकारी चाहिएमा वेलफेयरका अध्यक्ष बिनोद शर्मालाई ०४०२०५८२४३ वा स्पोर्ट कोर्डिनेटर प्रकाश पन्थी ०४०१५८९९५२, डेपुटी स्पोर्ट कोर्डिनेटर सन्तोष शर्मालाई ०४१०७४८३२४ मा सम्पर्क गर्न सकिनेछ ।


NEPAL NEWS Team
314 views

सम्बन्धित समाचारहरु