Thursday, December 7, 2023

एनआरएनए स्पोर्टस डे मनाइदैं


  • August 2, 2016


एनआरएनए स्पोर्टस डे मनाइदैं

सिड्नी । खेलकुदनै मुलुकको पहिचानको महत्वपुर्ण माध्यम रहेको भन्दै गैरआवासिय नेपाली संघ अस्ट्रेलियालेI आगामी तिन महिना सीड्नीमा स्पोर्टस डे प्रतियोगिता गर्ने भएको छ ।
सोमबार सीड्नीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एनआरएन अस्ट्रेलियाले स्पोर्टस डे अन्तगर्त फुटबल, क्रिकेट , भलिबल र बास्केटबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । स्पोर्टस डे अन्तर्गत जुन १२ मा भलिबल, जुलाई ३ मा बास्केटबल, ७ अगष्टमा फुटबल र क्रिकेट प्रतियोगिता अयोजना हुने कुरा आयोजक समितीका संयोजक तथा एनआरएन अस्ट्रेलियाका सदस्य नन्दु गुरुङले बताए । गुरुङले पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा आकर्षक नगद पुरस्कारका सार्थ पदक र ट्रफीको ब्यवस्था गरिएको बताए ।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले खेलकुद युवा जगतबिच आपसी भाइचारा कायम गर्ने महत्वुपुर्ण माध्यम भएकोले यसलाई एनआरएन अभियान भित्र समेटने तयारी गरिएको बताए । सिग्देलले आफ्नो कार्यकालमा अभिभावकहरुको पीकनिक , विध्यार्थीको लागि वाक फर वेलफेयर र स्पोर्टस डे जस्ता नया कार्यक्रमको सुरुवात गरिएको जानकारी दिए ।
कार्यक्रममा एनआरएनका उपाध्यक्ष दिनेश पोखरेलले खेलकुदको महत्वको बिषयमा एनआरएनएले ढिलै भएपनि ऐतिहासिक कार्य अगाडि बढाएकोमा खुशी प्रकट गरे । पोखरेलले मुलुकको नाम राख्ने खेलाडीहरुलाई सम्मान गर्न सके एनआरएनको गरिमा समेत बढ्ने बताए । कार्यक्रममा एनआरएनएका कोषाध्यक्ष डिला खरेलले मुलुकको नाम राख्ने खेलाडीलाई सम्मान गर्न पाउनु संस्थाको गौरवका रुपमा रहेको सुनाए ।
कार्यक्रममा प्रायोजक एबीके लयर्सका भवानी पौडेलले युवा जगतको ढुकढुकीका रुपमा रहेको खेलकुदमा प्रायोजन गर्न पाउनु आफ्नो संस्थाका लागि उत्साहको बिषय भएको बताए । कार्यक्रममा एनआरएनका सदस्य राजु मानन्धर,नेपाल अस्ट्रेलिया युथ एशोसिएसनका अध्यक्ष कोमल पाठक, एनआरएनका युथ कार्डिनेटर विजय शर्मा तथा युवा अभियन्ताहरु सुमन बोहरा, अर्जुन केसी लगायतले आयोजनाका बारेमा आआफ्ना धारणा राखेका थिए ।


NEPAL NEWS Team
231 views

सम्बन्धित समाचारहरु