एनएडिएफमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा विवेक थापा


  • August 14, 2016


एनएडिएफमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा विवेक थापा

सिड्नी । नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिफ) ले नबौं अधिबेशन अन्तर्रगत शनिवार सम्पन्न निर्बाचनमा सबै पद निर्विरोध चयन भएकाे छ । अष्ट्रेलियाको नेपाली समुदायमा करीब दूई दशकदेखि रहंदै आएको यस संस्थाले साईनो नेपाली रेष्टुरेण्टमा सर्बसम्मत नयाँ कार्यसमिति समेत चयन गरेको हो ।
प्रजातान्त्रिक बिचार राख्नेहरु सम्मिलित बैद्धिक समुदायको सहभागिता रहेको यस संस्थाले गएको दिनहरुमा बैचारीक मन्थन गर्दै नेपाल र नेपालीका लागि उल्लेखनिय परोपकारी कार्य गर्दै आएको संस्थाका अध्यक्ष बालचन्द्र भट्टराईले आयोजित कार्यक्रममा बताए । संस्थामा सबैले काम गर्न पाउनु पर्छ ।
आगामी दूई बर्षका लागि निर्बाचित भएको नयाँ कार्यसमितिको अध्यक्षमा विवेक थापा सर्वसम्मत भएका छन् । अध्यक्षका प्रत्यासी प्रेम सापकोटा र ज्ञानेन्द्र रेग्मीले अन्तिम समयमा उमेद्वारी नदिई थापालाई सर्व सम्मत गर्न सहयोग गरेका थिए ।1597149_104845136525133_409141558554551858_o

संस्थाको उपाध्यक्षमा पूर्णनाथ घिमिरे र सुरेन्द्र सापकोटा, महासचिबमा माधब गैहे, सचिबमा थानु शाक्य, कोषाध्यक्षमा सत्य प्रकाश कंडेल, पब्लिक अफिसरमा अर्जुन केसी, यूवा संयोजकमा रामजी बस्नेत सर्बसम्मत भएको छन् । त्यसैगरी सदस्यहरुमा नन्द गुरुङ, परशुराम अधिकारी, प्रकास जिसी, जितेन्द्र सापकोटा, रमेश जोशी, प्रकाश अर्याल, रोहित खड्का, उद्धब भट्ट, पूर्ण लिम्बु र प्रमिता शर्मा रहेका छन् ।
संस्थाले सेप्टेम्बरमा २४ मा हस्तान्तरण समारोह राखि निर्बाचित नयाँ कार्यसमितिलाई कार्यभार सुम्पने महासचिब ज्ञानेन्द्र रेग्मीले बताए ।

नयाँ समितिलाई बधाई दिने क्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले दुई बर्षको कार्यकाल सफल भएकोमा निबर्तमान हुँदै गरेको समितिलाई धन्यबाद दिंदै नब निर्बाचित समितिलाई बधाई ज्ञापन गरेका थिए । उनले यस संस्थाले एउटा इतिहास बोकेको ले राम्रो संग कार्य सम्पादन गर्न सुझाब समेत दिए ।

नब निर्बाचित समिलाई एनआरएनए पूर्व अध्यक्ष गणेस केसी, ओशिनिया संयोजक महेन्द्र लम्साल बरिष्ठ पत्रकार हेमन्त काफ्ले, नेपाली जनसम्पर्क समिति अष्ट्रेलिका अध्यक्ष कृष्ण गिरी, नब निर्बाचित एक्काका अध्यक्ष निरज श्रेष्ठ, जनसम्पर्कका संरक्षक प्रेम सापकोटा, अन्य स्टेटबाट आएका प्रतिनिधिहरु तोनु घोताने, अभिमान सिंह बस्नेत, नारायण कोईराला, एनआरएनएएका डिला खरेल, छबि सापकोटा, जानकी पौडेल लगायतले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।

नब निर्बाचित अध्यक्ष थापाले गरीमा मय संस्थाको जिम्मेवारी सर्ब सम्मत साथिहरुले आफूलाइ दिनुभएकोमा धन्यबाद व्यक्त गर्दै आफ्नो कार्यकालमा मिहनेत गरेर कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले आफूप्रति सबैले बिश्वास गरेकाले सबैको सोच बिचारको उच्च मुल्याकंन गर्दै कार्य गर्ने उद्घोस गरे ।

नब निर्बाचित कार्यसमितिलाई औपचारीक हस्तान्तरण गरे पछि मात्रै नयाँ कार्य समितिले जिम्मेवरी समाल्ने नबनिर्बाचित यूवा संयोजक रामजी बस्नेलले जनाकारी दिए ।


NEPAL NEWS Team
464 views

सम्बन्धित समाचारहरु