संचारकर्मी देवकोटा भिक्टोरिया राज्यका लागि पर्यटनदूत नियुक्त


  • August 13, 2016


संचारकर्मी देवकोटा भिक्टोरिया राज्यका लागि पर्यटनदूत नियुक्त

सिड्नी । नेपाल पर्यटन बोर्ड नेपालले संचारकर्मी चिरञ्जीवी देवकोटालाई अस्ट्रेलियाको भिक्टोरिया राज्यको लागि अवैतनिक पर्यटनदुत नियुक्त गरेको छ ।
नेपालको पर्यटन विकासलाई बढोत्तरी गर्ने हेतुले नेपाल सरकार पर्यटन बोर्डले विदेशका विभिन्न शहरहरुका लागि पर्यटनदूत नियुक्त गर्दै आएको छ ।
पर्यटनदूत नियुक्तपछि देवकोटाले खुसी व्यक्त गर्दै अस्ट्रेलिया स्थित नेपाली दूतावास, महावाणिज्यदूत भिक्टोरिया, टुर अपरेटर, मिडिया, कुटनीतिज्ञसँग समन्वय गरि नेपालमा पर्यटन सम्बन्धी गतिविधि प्रबद्र्धनका लागि क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरे ।
साथै, नेपाल पर्यटन बोर्डको प्रतिनिधित्व गर्दै विभिन्न कार्यक्रममा सहभागी हुने, अष्ट्रेलियामा पर्यटनसँग सम्बन्धित निकायसँग समन्वय गरी नेपालमा पर्यटकको संख्या बृद्धिका लागि योगदान दिने पनि उनले बताए ।
नेपाल सरकार, नेपाल पर्यटन वोर्डको यस निर्णयबाट आफूमा अझ बढी थप जिम्मेवारी बोध भएको बताउदैं सहकार्यको लागि सबैसँग हातेमालो गरी नेपाललाई पर्यटक केन्द्रको रुपमा विकास गर्न आफु सदैव तत्पर रहने प्रतिवद्धता समेत व्यक्त गरे । “हामी सबै प्रवासी नेपालीहरु नेपालका पर्यटनदूत भएको बताउँदै नेपालको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने नेपाल न्यूज अस्ट्रेलियालाई बताए ।
देवकोटा हाल अष्ट्रेलियाबाट प्रसारित हुने नेपाली भाषाको टेलिभिजन एमएनटीभीको प्रधान सम्पादकका रुपमा कार्यरत छन् । न्यूज २४, ईमेज च्यानल, नेपाल वन टेलिभिजन, सगरमाथा टेलिभिजनमा समेत गरी एक दशकभन्दा बढी टेलिभिजन पत्रकारिताको अनुभव देवकोटासँग छ ।
सन् १९६० मा नेपाल र अष्ट्रेलियाबीचको दौंत्य सम्बन्ध स्थापित भएको थियो । नेपालमा वर्षेनी ठूलो संख्यामा अष्ट्रेलियन पर्यटकहरु नेपालमा घुम्न जाने गर्दछन् ।


NEPAL NEWS Team
516 views

सम्बन्धित समाचारहरु