सिड्नी । भनिन्छ कानुनकै राज भएकै कारण यहाँंको बिकास सम्भव भएको हो । राजा देखि रंकसम्म सबैका लागि कानुन बराबर छ यो देशमा । कानुनी राज्यका रुपमा कहलिएको अस्ट्रेलियामा अधिकार लडाइमा एक नेपाली चेलीले भने चार बर्ष कुर्नु परयो फैसला सुन्न ।
नेपाली चेली सुजु प्रधानले छोरा साहिलको खातीर लगातार चार बर्ष अड्डा अदालत धाइन । एकपछि अर्को अप्ठ्याराको सामना गदै गइन ,बल्ल उनले अदालतवाट भर्पाइ पाइन । २०१२ वाट सुरु भएको उनको लडाइ सन २०१६को जुनमा आएर सकिएको छ ।
पैसाले उनको छोराको त्यो चिज आउदैनथ्यो जुन लापरबाहीले गुमेको थियो । म्यान्लीको युथ सेन्टरमा खेल्दै गर्दा सन २०१२ मा उनको छोरा साहिलको १२ बर्षको उमेरमा एउटा आँंखा गुमेको थियो । साहीलको खेल्ने क्रममा युथ सेन्टर भित्र कसैको प्रहार आखाँमा लागेपछि नानीको पर्दा फाटेको थियो । त्यसपछि उनको लाख उपचार भइसक्दा पनि एउटा आँंखाको ज्योती फर्कन सकेन ।
संसारमा सबै चिज ट्रान्सप्लान्ट होलान तर आँंखा भन्ने चिज फेरीन सक्दैन । छोरालाई पाइलट बनाउने उनिहरुको सपना पुरा हुन सक्दैन , डाक्टरका लागि असम्भव नै छ । लाइसेन्स लिन बिशेष पहल गर्नुपर्छ । सन २०१२ देखि सुजुले ब्यवस्थापनको कमजोरीका कारण छोराको आँंखाको ज्योती गुमेको भन्दै स्थानिय अदालतमा मुद्दा दर्ता गरिन । वकिल र न्यायालय धाँंउदाको उनको अप्ठ्यारो सुनिनसक्नु छ । ह्यारेसमेन्ट मात्र होइन झन्डै सुजु र उनका पती सन्नी नायर झन्डै झन्डै डिप्रेसनमै गइसकेका थिए ।
वकिल र वकालत बुझनेका लागि श्रीखन्ड नबुझनेका लागि केको काठ भनेझै उनिहरु छोराको अधिकारका लागि धाउदै गए अनि धाइरहे । छोराका अधिकारका लागि लडेका यी दम्पती हरेक मोडमा मोलमोलाइ हुन थालेपछि दिक्क मात्र भएनन वाक्क पनि भए । तर लागिरहेअनि बल्ल भयो क्षतीपुर्तीको ब्यवस्थापन ।
सुजु भन्छीन ,यो लडाइ छोराको लागि थियो ,उसको भबिष्यसँंग जोडिएको विषय थियो , किनभने संसारमा सबै चिज पाइन्छ तर गुमेको ज्योती फेर्कीन्न ।
पढाइमा निकै अब्बल र क्रिकेटमा तेज बलरका रुपमा पहिभान बनाएका साहिल यतिखेर उच्चमावीको तयारीमा छन । तर चार बर्षपछि सम्मानिय अदालतवाट उनको पक्षमा फैसला भएको छ । लगातार चार बर्षको लडाइ जित्नु ठुलो कुरो मान्दिनन सुजु । उनि भन्छीन , यो मैले अरु प्रवासीहरुको लागि पनि एउटा नजिर बनोस भन्ने चाहेको हुँं । अस्ट्रेलियाको बुहल सांस्कृतीक समाज भित्र थुप्रै पाटाहरु छन अनि परचक्र पनि ।
एउटा छोरोको भबिष्यसँंग जोड्दै सुजु भन्छीन, एउटा आँंखा गुमाएको मेरो छोराले अब चाहेर पनि पाइलट र अन्य महत्वपुर्ण बिषयमा अगाडिबढ्न पाउँंदैन । यसलाई आधार बनाएर मैले अधिकारको लडाइ लडेको थिए ढिलै भएपनि न्याय भएको छ । क्षतीपुर्ती रकमका बारेमा कुराकानी गर्न अपठ्यारो मान्दै सुजुले भनिन , साहिलको आँंखा पैसाले किन्न पाइदैन , बस सन्तुष्टीको लागि र अधिकारको लडाइ जितेको हो ।
उनले नेपाली समाज लगायत आप्रबासीको सन्दर्भमा थुप्रै यस्ता खाले घटना घटीरहँंदा लड्नका लागि आफुले एउटा शन्देस दिन खोजेको बताइन । मैरो परिबारमा जे भयो अरुलाई नहोस तर यदी समाजमा यस्ता खाले घटना घटेका छन भने ज्यादतीविरुद्ध लड्न नछाड्नुस त्यसका लागि म सहयोग गर्नेछु, सुजुले भनिन ।
छाउनीमा जन्मेकी प्रधान परिबारकी सुजु सन १९९६मा अध्यनका लागि अस्ट्रेलिया आएकी थिइन । नेपालको घरायसी ब्यापारमा सघाउन यता अध्यनमा आएकी सुजु प्रेममा फसेपछि सन्नी नयारसँंग यतै घरजममा ब्यस्त भइन । एउटा आँंखा गुमेपछिछोराको डाक्टर बन्ने चाहना अधुरै हुने मात्र होइन उसले भबिष्यमा थुप्रै चिजहरुवाट पर बस्नुपर्ने बाध्यता सुजुले बुझेकी छिन । तर पनि एउटा अधिकारको लडाइमा सुजु खरो उत्रेकी छिन र छोरालाई गुमेको आँंखावाटै भएपनि संसार चिनाउने प्रयत्नमा लागेकी छिन ।