Thursday, December 7, 2023

सिड्नीमा एक्सपर्ट एजुकेसन फेयर हुदैं


  • June 11, 2016


सिड्नीमा एक्सपर्ट एजुकेसन फेयर हुदैं

सिड्नी । अस्ट्रेलियामा लामो समयदेखि शैक्षिक परामर्श तथा माइग्रेसन सेवा दिदै आएको एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजले विद्यार्थीहरुलाई लक्षित गरी जुन २१ तारिकका दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म एक दिने शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । सो शैक्षिक मेला एक्सपर्टको कार्यालय रहेको Level 6, 263 Clarence Street मा हुनेछ ।
शुक्रवार (१० जुन) एक्सपर्टमा आयोजित पत्रकार सम्मेलनमा एक्सपर्टका निर्देशक बद्री अर्यालले विद्यार्थीहरुलाई लक्षित गरेर अस्ट्रेलियन सरकारको अध्यागमनका नयाँ नीति, माइग्रेसन, शैक्षिक परामर्श, प्रोफेसनल एयर, पिटीई÷ आइइएलटिएसका विविध विषयमा जानकारी दिइने बताए ।
सो अवसरमा अस्ट्रेलियाका करिब १४ वटा संस्थाहरुको सो शैक्षिक मेलामा सहभागिता रहनेछ । एक्सपर्टका निर्देशक संजीव शर्माले मेलामा विद्यार्थीहरुले सम्बन्धित कलेजका प्रतिनिधिबाटै आफुले जान्न चाहेका विषयमा जानकारी पाउन सकिने हुँदा मेला विद्यार्थीहरुका लागि निकै फलदायी हुने बताए ।
पत्रकार सम्मेलनमा चाल्र्स स्टुर्ट विश्वविद्यालयका जेफ्ररी गोस्परले आफ्नो विश्वविद्यालयमा नेपालीहरुको संख्या उल्लेख्य रहेको बताउँदै नेपाली विद्यार्थीहरु मिहिनती, परिश्रमी र अनुशासित विद्यार्थीको रुपमा आफूले पाएको अनुभव सुनाए । चाल्र्स स्टुर्ट विश्वविद्यालयका स्टाफबाट केही आर्थिक रकम संकलन गरेर नेपालमा भूकम्पबाट भत्केका विद्यालयको पूर्ननिर्माणमा समेत सहयोग गरेको जानकारी दिए । Screen Shot 2016-06-11 at 2.14.06 PM
त्यस्तै टोरेन्स युनिभर्सिटीकी किम याङले २९ वटा देशमा आफ्ना ८० वटा कलेजहरुको रहेको जनाउँ दिदैं आफ्ना कलेजमा नेपाली विद्यार्थीहरुको संख्या हाल नगण्य भएपनि भविष्यमा नेपाली विद्यार्थीहरुको संख्या बढ्नेमा आशावादी रहेको बताइन् । उनले जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको समेत व्यवस्था गरेको बताइन् ।
मेलामा छात्रवृत्तिको लागि विद्यार्थी स्वयंले निवेदन दिन सकिने व्यवस्था गरिएको छ । साथै पिटीई कक्षा संचालनका विषयमा जानकारीका साथै निशुल्क सामाग्रीहरु समेत वितरण गरिनेछ । लक्की ड्रबाट आर्कषक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
एक्सपर्टका निर्देशक अर्यालका अनुसार सो मेलामा एजुकेसनल मेला वाहेक होमलोन सेवा सम्बन्धि जानकारी, विद्यार्थीहरुका लागि सहुलियत रुपमा फोन सुविधाको जानकारी दिने “टेली च्वाइस”को स्टल समेत हुनेछ ।


NEPAL NEWS Team
268 views

सम्बन्धित समाचारहरु