Wednesday, April 24, 2024

टिएम केसी (शोभा) को “तिम्रो साथ” सार्वजनिक ( भिडियो सहित)


  • June 8, 2016


टिएम केसी (शोभा) को “तिम्रो साथ” सार्वजनिक ( भिडियो सहित)

सिड्नी । अस्ट्रेलियालाई कर्मथलो बनाएकी ( शोभा) केसीको म्युजिक भिडियो “तिम्रो साथ” हालै सार्वजनीक भएको छ ।
ब्रिसवेनमा छायाङकन गरिएको “साइमन” नामको एल्वममा गीतको मोडलिङ समेत उनी आफैले गरेकी छिन् । यस एल्बममा रहेको तिम्रो साथ…..वोलको मिठोे गीतसंगैं केसीको मोडलिङ पनि देख्न पाइनेछ । गीतको एरेन्ज दिनेश श्रेष्ठ ले गरेका हुन् भने भिडियोलाई सुजन के सीले निर्देशन गरेका हुन् । भिडियोमा टि एम खान, सिमरन, सुजन र शाक्साद को उत्कृष्ट अभिनय देख्न सकिन्छ । शिव नेपालको छायांकन रहेको भिडियोलाई अनिल कटवालले सम्पादन गरेका हुन् ।
युवायुवतीहरुलाई लक्षित गरि गाइएको सो गीत सार्वजनीक भएसँगै निकै चर्चा समेत कमाएको छ ।
नवलपरासीको प्रगतिनगरमा जन्मेर हुर्केकी शोभाको संगीत मोह सानै देखिको हो । कक्षा ६ मा पढ्दा नै अन्नत यात्रा एल्वममा “हामी साना भए पनि देशको माया लाग्छ”….. वोलको वाल गीत गाएर सबैको मन जित्न सफल केसीले रेडियो नेपाल, राष्ट्रिय नाचघरमा समेत आफ्नो प्रस्तुती पस्किसकेकी छिन् ।

भिडियो


NEPAL NEWS Team
311 views

सम्बन्धित समाचारहरु