सिड्नीमा प्रेस डे मनाइयो


  • May 9, 2016


सिड्नीमा प्रेस डे मनाइयो

विश्व प्रेस दिवसको अवसरमा नेपाल न्युज अस्ट्रेलिया ले मे ७ तारिख शनिबारका दिन सिड्नी मा एक कार्यक्रमको आयोजना गर्यो । नेपालको शसस्त्र द्वोंद कालमा कलम समातेकै आधारमा मारिएका पत्रकार हरुका छोराछोरीको अध्ययनका लागि सहयोग पुर्याउने उद्धेश्यका साथ आयोजित उक्त कार्यक्रममा प्रजात्रन्त्रका लागि जहाज अपरहण डकुमेन्ट्रीको पनि प्रदर्शनी गरिएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले पत्रकारका कलम र आवाज सधै लोकत्रन्त्रको पक्षमा हुनुपर्ने बताउदै प्रजातन्त्रमा मात्रै प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुने उल्लेख गरे । उनले प्रवासमा रहेर पनि नेपाली पत्रकारिता जगतको बिकासको लागि अस्ट्रेलिया का पत्रकारहरुले खेलेको भूमिकाको प्रसंसा गरे ।

नेपाली राजदुतावास क्यनावेराका नियोग उपप्रमुख राजेन्द्र प्रसाद पाण्डेले अस्ट्रेलियामा नेपाली पत्रकारिताको विकास हामि सवैले गौरव गर्न लायक भएको बताउदै संचार जगतले समाज टुटाउन होइन समाज जुटाउन लाग्नु पर्नेमा जोड दिए । नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष समीर जंग शाहले द्वोंद कालमा राज्य पक्ष र बिद्रोही पक्षवाट नेपालको संचार जगत प्रताडित हुनु परेको बताउदै नेपालमा बहुदलीय व्यबस्थाको स्थापना भएपछि नेपालि संचार क्षेत्र ले ठुलो फड्को मारेको उल्लेख गरे । एन आर एन अस्ट्रेलिया का अध्यक्ष सुरेन्द्र सिग्देलले अस्ट्रेलियाको नेपाली समुदायको हक हितको लागि संचार क्षेत्र संग हातेमालो गर्दै अगाडी बढ्न आफुहरु तयार रहेको बताउदै समाचार प्रकाशन गर्दा बिक्ने भन्दा टिक्ने खालका हुन सक्यो भने सामाजिक सद्भाव र भात्रित्वको विकास हुने विचार व्यक्त गरे । कार्यक्रममा द्वोन्दकालमा राज्य पक्षवाट पिडित पत्रकार मनऋषी धिताल ,नेपाल न्युज अस्ट्रेलियाका प्रधान सम्पादक माधव गैह्रे ,सम्पादक कृष्ण तिवारी ,म्यनेजिंग डाइरेक्टर हेमन्त काफ्ले ,लगायतले आ आफ्नो विचार राखेका थिए ।

सो अवसरमा कार्यक्रमका टाइटल स्पोन्सर र सपोर्टरहरुलाई सम्मान गरिएको थियो । कलाकारहरु नरेश रेग्मी ,समानता लामा गाएको गीता र नृत्यबाट उपस्थित सवैले भरपुर मनोरंजन लिएका थिए ।सिड्नी मा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा बिकाश दवाडीले आफ्नो कविता बाचन गरेका थिए भने कार्यक्रमको संचालन चिन्तन ढुंगेल र कल्याणी बर्तौला थापाले गरेका थिए ।


NNA Team
298 views

सम्बन्धित समाचारहरु