चितवन समाजको क्रुज पार्टी सम्पन्न


  • April 28, 2016


चितवन समाजको क्रुज पार्टी सम्पन्न

चितवन समाज अस्ट्रेलियाले कल्याणकारी कोष स्थापना र जिल्लाको बृहतर हितका लागि केहि रकम जोहो गर्ने क्रुज पार्टीको सम्पन्न गरेको छ । सीड्नीको समुन्द्री किनारमा करिब चार घन्टाको पानी जहाजको यात्रामा नेपालीका चर्चित कलाकार यम बराल , राजारम पौडेलले समेत कार्यक्रम प्रस्तुत गरेका थिए । नेपाली खाना र नेपाली कला संस्कृती पस्केर समाजले आपसी एकताका साथै भाइचारा बृद्धीका साथै डलरको जोहो गर्ने कार्य गरेको समाजका अध्यक्ष बुद्धी डल्लाकोटीले बताए । सीड्नीको चर्चित पर्यटकियस्थल डार्लिङ हार्बरवाट प्रारम्भ भएको जहाज यात्रामा आठ सय नेपालीहरुको सहभागिता आफैमा समाजको ठुलो उपलब्धी भएको संस्थाका उपाध्यक्ष छबी सापकोटाले बताए । IMG_5964-300x200
समाजले जिल्लाको शिक्षा र स्वास्थजस्ता संवेदनशिल बिषयमा सहयोग पुर्याउदै आएको कुरा सापकोटाले बताए ।् कार्यक्रमका संयोजक धर्म अधिकारीले सोचे भन्दा बढिले माया गरिदिदा चितवन समाजले आयोजना गरेको क्रुज पार्टी भरिभराउ भएको बताए । उनले समाजीक उतरदायी कामहरु गर्दैगर्दा समाज वाट पाइने माया र ममतानै ठुलो नैतिक बलका रुपमा रहेको बताए । कार्यक्रममा एनआरएनका अध्यक्ष सुरेन्द्र सिग्देल ,आइसीसी सदस्य केशव सापकोटा , बालचन्द्र भट्टराइ लगायत समाजीक अगुवाहरुको उपस्थीती रहेको थियो । जे होस नया र नौलो कार्यको प्रारम्भका साथ नेपाली समुदायले जन्मेको माटो संझने जुन प्रयास गरेको छ त्यो प्रशंसा योग्य छ ।


NEPAL NEWS Team
269 views

सम्बन्धित समाचारहरु