क्रुज पार्टीको तयारी पुरा


  • April 24, 2016


क्रुज पार्टीको तयारी पुरा

नेपाली नयाँ  वर्ष २०७३ को  अवसर परेर  चितवन समाज अस्ट्रेलियाले आज सिड्नीमा क्रुज पार्टीका साथै लाईभ कन्सर्ट गर्दै छ । नेपालमा विभिन्न सामाजिक तथा परोपकारी कार्य गर्ने उद्देश्य लिएर गर्न लागिएको आजको कार्यक्रम सभ्य र भब्य  रुपमा सम्पन्न हुने विश्वास चितवन समाज अस्ट्रेलियाका सभापति बुद्धि डल्लाकोटीले नेपाल न्यूज़  अस्ट्रेलियालाई बताए । डल्लाकोटीका अनुसार कार्यक्रमको तयारी पुरा भैसकेको र पार्टीमा   नेपालका प्रख्यात गायक यम बराल तथा बरिस्ठ हास्य कलाकार राजाराम पौडेलले प्रस्तुति गर्ने छन् । क्रुज पार्टीमा फेसन सो का साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रम गरिने छ । सिड्नीको सुन्दर डार्लिंग हार्बरबाट साझ ५ बजे सुरु हुने उक्त क्रुज पार्टी मध्यरातसम्म संचालन हुने छ ।

 


NNA Team
250 views

सम्बन्धित समाचारहरु