सिड्नी । नेप्लीज अष्टे«लियन वेलफेयर सोसाइटी(नवाज) ले सन् २०१६ को सिड्नी मेट्रो कलेज नवाज कप फुटबल प्रतियोगिता आउँदो मे १ तारिकबाट आयोजना गर्ने भएको छ ।
सो वेलफेयरका अध्यक्ष बिनोद शर्माका अनुसार फूटबलमा सहभागी टिमको संख्या १९ रहेको छ । १९ टिमलाई चार वटा समुहमा विभाजन गरेर खेल खेलाइनेछ । जसमा ग्रुप ए मा बेनी फुटबल क्लब, अबन फुटबल क्बल, सेन्ट जर्ज फुटबल क्लब, चन्द्र सुर्य फुटबल क्लब, र ग्य्रानभिल राइनोज फुटबल क्लब रहेका छन् भने ग्रुप बि मा सेन्ट जर्ज नेप्लीज क्लब, सगरमाथा क्लब, क्लब नेपाल, माछापुच्छ्र्रे क्लब र लालीगुँरास क्लब रहेका छन् । त्यस्तै ग्रुप सि मा वेष्ट युनाइटेड, हिमालयन यूथ क्बल, ओयसिस डाँफे क्लब, सिड्नी नेप्लीज क्लब र दि गोर्खा राइजिङ क्लब छन् भने अन्तिम ग्रप डी मा तामाङ रिक्रियसनल क्लब, फेवा क्लब,आरएसडि सिम्रिक क्लब, र दि ब्रिगेड क्बल रहेका छन् ।
नवाजका स्पोर्ट कोर्डिनेटर प्रकाश पन्थीका अनुसार विजेता टिमलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसमा प्रथम हुने टीमले पुरस्कार वापत सिल्ड, र प्रमाणपत्र सहित १२०० डलर, दोस्रो स्थान ल्याउने टीमलाई ६०० र तेस्रो स्थान ल्याउने टीमलाई ३५० डलर पाउनेछन् । सुरुका चरणमा प्रत्येक आइतवार ११ बजे, १ बजे र ३ बजे गरी तीन वटा खेल लिडकम स्थित वाइड पार्कमा संचालन हुनेछ । खेलमा उपस्थित भएर खेलाडीहरुको हौसला बढाइदिनुहुन पनि अध्यक्ष शर्माले नेपाली समुदायका खेलप्रेमीहरुलाई आग्रह गरेका छन् ।
सन् १९९९ मा गैर–नाफामुलक संस्थाको रुपमा स्थापित नवाजले प्रत्येक वर्ष नेपाली दाजुभाइबीच भाइचारा तथा आपसी सम्बन्ध विस्तारका लागि फूटबलको आयोजना गर्दै आएको छ । यस नवाज कपको म्याच डाइरेक्टरमा राजु मानन्धर रहेका छन् । प्रवासमा फुटबलको माध्यमबाट आपसी सम्बन्ध विस्तारमा नवाजले खेलेको भूमिकाको म्याच डाइरेक्टर मानन्धरले प्रंसशा गर्दै फुटबल खेलले शरिरलाई स्फुर्ति राख्दैं अनुशासित बन्न सिकाउने बताए । यस वारेमा थप जानकारी चाहिएमा वेलफेयरका अध्यक्ष बिनोद शर्मालाई ०४०२०५८२४३ वा स्पोर्ट कोर्डिनेटर प्रकाश पन्थी ०४०१५८९९५२, डेपुटी स्पोर्ट कोर्डिनेटर सन्तोष शर्मालाई ०४१०७४८३२४ मा सम्पर्क गर्न सकिनेछ ।