Sunday, December 3, 2023

बिनोद शर्माको अध्यक्षतामा नवाजको नयाँ कार्यसमिति चयन


  • April 4, 2016


बिनोद शर्माको अध्यक्षतामा नवाजको नयाँ कार्यसमिति चयन

सिड्नी । अस्ट्रेलियामा रहेको पुरानो संस्था मध्ये एक मानिने नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटीको (नवाज) वार्षिक साधरण सभा सम्पन्न भएको छ । यहि अप्रिल ३ तारिखका दिन अबनस्थित हिमालयन फ्यूजन नेपाली रेष्टुरन्टमा आयोजित कार्यक्रममा नवाजले नयाँ कार्यसमिति समेत सर्वसम्मतबाट चयन गरेको छ ।
साधारण सभाले बिनोद शर्मालाई अध्यक्ष पदमा चयन गरेको छ । सो संस्थाका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा अरुण तामाङ, दुई उपाध्यक्षमा सञ्जु रोक्का, र तोयानाथ(टिएन) अर्याल, सचिवमा मंजीत घिमिरे, सह–सचिवमा नविन सिंह, कोषाध्यक्षमा प्रताप पन्थी, पब्लिक रिलेसन अफिसरमा कृष्ण तिवारी, स्पोर्ट संयोजकमा सन्तोष शर्मा, इभेन्ट संयोजकमा समिर आचार्य, महिला संयोजकमा रुपा अधिकारी, युवा संयोजकमा दिपेन्द्र चौधरी, आइटी संयोजकमा लक्ष्मण बेलवासे चयन भएका छन् । त्यस्तै कार्यसमितिका सदस्यहरुमा सन्तोष बराल, विष्णु शर्मा, संजय श्रेष्ठ, रसिक श्रेष्ठ, दिपेन्द्र केसी, हेमन्त घिमिरे, तारा आचार्य, र विपिन थापा रहेका छन् ।
सो नयाँ कार्यसमितिले ६ सदस्यीय सल्लाहकार समेत चयन गरेको छ । जसमा जनबन्धु भट्टराई, बद्री अर्याल, इमेश शाह, विजेन्द्र विष्ट, उज्वल दाहाल र विश्व प्रधान रहेका छन् भने नवाजको संरक्षकमा निवर्तमान अध्यक्ष संजीव शर्मालाई चयन गरिएको छ । कार्यक्रममा नेपालबाट आएका अभिभावक तथा नेपाल मानब अधिकार संगठन दाङका अध्यक्ष ई. ऋषिराम शर्माले प्रमुख अतिथिको आसनबाट बोल्दैं प्रवासमा पनि गैर नाफामूलक संस्था नवाजले खेलेको भूमिकाको प्रशसा गरे । उनले नयाँ कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना दिए । त्यस्तै निवर्तमान अध्यक्ष संजीव शर्माले समुदायको हितको लागि नवाज सधैं हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताए । Screen Shot 2016-04-04 at 11.34.49 AM
नवनिर्वचित अध्यक्ष बिनोद शर्माले आफ्नोे कार्यक्रममा सबै साथीहरुलाई समेटी समुदायका विविध कार्यमा अझ बढी अग्रसर हुने प्रण गर्दै यसका लागि नयाँ कार्यसमितिका साथीहरु तथा शुभचिन्तकहरुको सहयोग अपरिहार्य रहेको बताए । त्यस्तै बरिष्ठ उपाध्यक्ष अरुण तामाङले आउँदो दिनमा नवाजले फुटबल लगायत समुदायलाई हित हुने कार्यक्रममा लक्षित हुने बताए ।
साधारण सभामा निवर्तमान सचिव प्रकाश पन्थीले नवाजको नयाँ संशोधित विधानका बारेमा उपस्थित सदस्यहरुलाई जानकारी गराउनुका साथै वार्षिक प्रतिवेदन पढेर सुनाएका थिए । । सो संशोधित विधान र वार्षिक प्रतिवेदन बहुमतद्धारा पारित समेत भएको थियो । Screen Shot 2016-04-04 at 11.35.38 AM
सो कार्यक्रममा नवाजका संस्थापक बद्री अर्याल, जनबन्धु भट्टराई, संचारकर्मी मनऋषि धिताल लगायतले आ– आफ्नो मन्तव्य राखेका थिए ।
नवाजले प्रत्येक वर्ष प्रवासी दाजुभाईहरुमा एकता र भातृत्व विकासमा टेवा पु¥याउँने हेतुले फुटबल संचालन गर्दै गर्दै आएको छ । अस्ट्रेलियामा पहिलो पटक नेपाली चलचित्र भित्रयाउने श्रेय पनि नवाजलाई जान्छ । नवाजले सन् २०१० नेपाली चलचित्र “कहाँ भेटिएला” कलाकारसहित अस्ट्रेलिया भित्रयाएको थियो । सन् १९९९ मा गैर-नाफामुलक संस्थाको रुपमा स्थापित नवाजले शुरुका वर्षहरुमा सामुहिक दशै कार्यक्रम, तीज जस्ता कार्यक्रमहरु समेत गरेर आफ्नो प्रवासमा छुट्टै पहिचान बनाएको थियो । नयाँ सदस्यता बन्न चाहनुहुनेका लागि नवाजका प्रतिनिधि वा नवाजको वेवसाइट www.naws.org.au मा गएर सदस्यता बन्न सकिने व्यवस्था समेत गरिएको छ ।


NEPAL NEWS Team
245 views

सम्बन्धित समाचारहरु