सिड्नी । प्रवासमा बसेर पनि जन्मभुमीको सेवा गर्न पाइयो भने जिवन धन्य हुनेथियो । कर्म यता गरेपनि जन्मेका माटो र भाग्यको पाटो उतै कोरिएको हो भन्ने हाम्रो ठ्हर छ , निकै भावुक देखिएका तनहुँ समाजका अध्यक्ष पीआर अधिकारी कार्यक्रममा भन्दै गर्दा सबैको शिर निहुँरिएको थियो । अस्ट्रेलियाको सीड्नीमा भर्खरै स्थापना भएको तनहु समाजले गाउँंघरको शिक्षाको लागि केहि योजना बुन्दै गरेको बताएको छ । प्रवासमा पनि पैसा सहजै फल्दैन तर केहि च्यारीटी कार्यक्रम तथा मनकारी साथीहरुको सहयोगमा हामी तनहुँंको दुर्गम भेगमा शिक्षा र स्वास्थ क्षेत्रमा केहि गर्ने सोचका साथ कार्यक्रम अगाडि बढाएका छौ , अध्यक्ष पीआर अधिकारीले बताए । समाजले आउँंदो मे २८ तारिखमा सिड्नीमा तनहुँ साझ नाम दिएर सांस्कृतीक कार्यक्रम समेत आयोजना गर्न लागेको अध्यक्ष अधिकारीले बताए । अमेरिकामा रहेका लोक गायक प्रेमराजा महत , शान्ती भण्डारी अनि चर्चित नायीका प्रीयंका कार्कीको सहभागिता रहने तनहुँ साझवाट उठेको रकम तनहुँंको शिक्षामा खर्चिने समाजले जनाएको छ । मुलुकका भिन्न कुनावाट प्रवासमा आएका नेपालीहरुको संगठन नेपाल र नेपालीकै लागि भएको हुनाले जुन नाम र थरवाट बनेपनि यसले मुलुकको हितमा काम गर्ने पीआर अधिकारीले सुनाए ।