Thursday, December 7, 2023

समिर र निक्कीको ‘दुनियाँ बेग्लै छ’ (भिडियो)


  • February 15, 2016


समिर र निक्कीको ‘दुनियाँ बेग्लै छ’ (भिडियो)

सिड्नी । अष्ट्रेलिया बस्ने समिर आचार्य र अमेरिका बस्ने निक्की कार्कीले गाएको ‘दुनियाँ बेग्लै बोलको पपगीतको भिडियो सार्वजनिक भएको छ ।
गीतलाई आनन्द अधिकारीले लेखेका हुन् भने संगीत आशिष अविरलको रहेको छ । मोडल पुष्प खड्का र तनुजा गुरूङ्गले अभिनय गरेको भिडियोलाई प्रसन्न पौडेलले निर्देशन गरेका हुन्।NIcky
गीत रिलिजसँगै उनीहरुले आफ्नो गीतलाई चर्चित बनाउन ‘दुनियाँ बेग्लै छ, अब नेपाल नाच्दै छ’ भन्ने नाराका साथ नृत्य प्रतियोगिताको पनि घोषणा गरेका छन् ।
गीतमा डान्स गरेर फेसबूक पेजमा पोस्ट गर्ने उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो हुने ब्यक्तिलाई क्रमश: ५० हजार, २५ हजार र १०,००० दिइनेछ । प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले यस गीतमा नाचेको भिडियो यही फेब्रअरी १५ देखी १ महिना भित्र www.facebook.com/duniyabeglaichha यो फेसबूक पेजमा पोस्ट गर्नुपर्ने छ।
यो गीतलाई विशेषगरि यूवायूवतीहरुले रुचाउने खालको छ । डान्सिङ नम्बरको यो गीतको मेकिङमा पनि कुनै कञ्जुस्याँइ गरिएको छैन ।

आउने दिनहरुमा पनि गायक समिर आचार्यले आफू र निक्की मिलेर दर्शकलाई नयाँ नयाँ प्रस्तुती पस्किने नेपाल न्युज अस्ट्रेलियालाई बताए । उनले आफूहरुको गीत सुन्दा दर्शकलाई पनि नाँचु नाँचु लाग्ने खालको होस् भन्ने सोचले यो गीत तयार पारिएको बताए । सिड्नीलाई कर्मथलो बनाएका समिर यहाँ हुने नेपाली सास्कृतिक कार्यक्रमहरुमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भैसकेका छन् ।
भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=iRj6sZuDKGU


NEPAL NEWS Team
268 views

सम्बन्धित समाचारहरु