२३ वर्षपछि नेपाललाई साग फुटबलमा स्वर्ण


  • February 15, 2016


२३ वर्षपछि नेपाललाई साग फुटबलमा स्वर्ण

काठमाडौँ । एक सून्यले पछि परेको स्थिति उल्टाउँदै नेपालले २३ वर्षपछि १२ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको उपाधि जितेको छ। भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमवार भएको साग पुरुष फुटबलको फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी आयोजक राष्ट्र भारतलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 12745677_812232162220824_1219353614210709058_n

भारतले खेलको ३२ औैं पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। तर खेलको ६५ औँ मिनेटमा नेपालका लागि प्रकाश बुढाथोकीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको ५ मिनेटपछि नै खेलको ७० औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाका थिए।

बाँकी समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल नेपालले २–१ गोल अन्तरले जितेको हो। जितसँगै नेपालले २३ वर्ष पछि साग फुटबलमा स्वर्ण जित्दै इतिहास रचेको छ। Screen Shot 2016-02-16 at 8.55.11 AM

यसअघि सन् १९८७ मा भारतले नेपाललाई हराउँदै साफमा स्वर्ण जितेको थियो । आज नेपालले त्यसैको बदला लिएको छ । यससँगै नेपालले साग फुटबलमा तीन स्वर्ण जित्न सफल भएको छ । यसअघि नेपालले सन् १९८४ र १९९३ को साफ गेम्समा स्वर्णपदक जितेको थियो । फुटबलमा स्वर्ण जितेसँगै नेपालले जारी सागमा तीन स्वर्ण पु¥याएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा करिब २१ वर्ष अध्यक्ष पद सम्हाल्नुभएका गणेश थापामाथि आर्थिक अनियमितता गरेको आरोपमा विश्व फुटबल महासङ्घ (फिफा) ले केही महिनाअघि १० वर्षको प्रतिबन्ध लगाएको थियो ।


NEPAL NEWS Team
323 views

सम्बन्धित समाचारहरु