Saturday, December 2, 2023

कानुन विपरित शान्ति मन्त्री ढकालसँग ५ हजार डलर


  • January 21, 2016


कानुन विपरित शान्ति मन्त्री ढकालसँग ५ हजार डलर

काठमाडौं । शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले कानुनविपरीत ५ हजार अमेरिकी डलर सञ्चित राखेको पाइएको छ। विदेशी विनिमय नियमन गर्ने ऐन २०१९ को दफा १२ को विदेश भ्रमणमा जाँदा राहदानीबापत पाइने सटही सुविधा र सञ्चित गर्न पाउने अमेरिकी डलरको सीमाभन्दा बढी रकम राखेर ढकालले कानुनको उल्लंघन गरेका हुन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमार्फत् सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा आफूसित ५ हजार अमेरिकी डलर रहेको उल्लेख गरेका छन्। उनले सम्पत्ति विवरणमा विदेश भ्रमणमा विभिन्न पटक जाँदा सटही गरेको र प्राप्त भएको ५ हजार डलर आफूसँग रहेको उल्लेख गरेका छन्। राष्ट्रबैंकले विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी जारी गरेको परिपत्रमा निजी तथा औपचारिक तवरले विदेश भ्रमणमा जाने व्यक्तिले अर्को भ्रमणमा उपयोग गर्ने गरी १ हजार डलरमात्र आफैंसँग वा बैंक खाता खोली राख्न पाउने उल्लेख छ। कान्तिपुर दैनिकमा समाचार छ।


NEPAL NEWS Team
289 views

सम्बन्धित समाचारहरु