Saturday, December 2, 2023

झापाको शैक्षिक बिकासका लागि सिड्नीमा क्रुज पार्टी


  • January 20, 2016


झापाको शैक्षिक बिकासका लागि सिड्नीमा क्रुज पार्टी

सिड्नी । झापाका सरकारी बिद्यालयलाई स्तरिय बनाउने उद्देस्य बोकेको क्रुज पार्टीमा यस पटक सिड्नीमा करिब चार सय नेपालीहरुले सहभािगता जनाए । अस्ट्रेलियामा रहेको झापाली समाजले आयोजना गरेको नया बर्ष क्रुज पार्टी निकै भब्यताका साथ सम्पन्न भयो । सिड्नीको समन्द्रीतटमा चार घन्टाको सयर र डिनर अनि आपसी भाइचार र भेटघाटका लागि पनि महत्वपुर्ण रहेको यस कार्यक्रमवाट उठेको सबै रकम झापाको सरकारी बिद्यालयमा खर्चिने उद्देस्य रहेको समाजका अध्यक्ष दिपक खनालले बताए । झापाली समाजका संरक्षक दिनेश पोखरेलले झापाको विकासका लागि घोषणा गरिएको ५० लाखको अक्षयकोषलाई पूरा गर्ने जिम्मेवारी समाजको काधमा रहेको बताए ।
क्रुज पार्टीका क्रममा बोल्दै समाज अष्ट्रेलियाका अध्यक्ष खनालले झापाको स्थलगत अध्ययनपछि त्यहाँको शिक्षाका निम्ति केही गर्नुपर्ने भावना आफुमा आएको बताए। यसैका लागि विभिन्न १० वटा विद्यालय छनोट गरी तिनमा अध्ययनरत विद्यार्थीहरुको निम्ति सहयोग गर्ने अभियान अघि बढाइएको उनले बताए । कार्यक्रमको सञ्चालन जनसम्पर्क समीतीका सन्तोष सिटौलाले गरेका थिए भने झापाली समाजका संरक्षक दिनेश पोखरेलले झापाको विकासका लागि यसअघि घोषणा गरिएको ५० लाखको अक्षयकोषलाई पूरा गर्ने जिम्मेवारी समाजको काधमा रहेको बताए । पोखरेलले झापाली एकतालाई अझ मजबुत बनाउन यस किसिमका कार्यक्रम सहयोगी हुने पनि उल्लेख गरे । झापाली समाज अष्ट्रेलियाका उपाध्यक्ष दिपक चुँडालले दोश्रो पुस्तासम्म पनि झापाली एकतालाई अझ मतबुत बनाउन यस किसिमको कार्यक्रम सहयोगी हुने अपेक्षा गरिएको बताए । कर्मथलोमा हाड घोटेर पनि जन्मथलोको माया, मोह अनि बिकास निमार्णमा लागी पर्ने प्रवासीहरु साच्चीकै सलामका हकदार हुन ,काठमाडौवाट घुम्न आएका शम्भु पोखरेलले क्रुज पार्टी पछि बताए ।


NEPAL NEWS Team
224 views

सम्बन्धित समाचारहरु