Thursday, December 7, 2023

व्यवस्थापिका संसदको बैठक


  • January 19, 2016


व्यवस्थापिका संसदको बैठक

काठमाडौं । व्यवस्थापिका संसदको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसद बैठकमा संसदमा पेश भएका केही विधेयकमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। संसद बैठकमा खुल्ला विश्वविद्यालय, कर्मचारी सञ्चयकोष सम्बन्धि पेश भएका विधेयकमाथि सैद्धान्तिक छलफल हुने सचिवालयले जनाएको छ। आजको बैठका संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउने कि नबढाउने भन्नेबारे सभामुख ओनसरी घर्तीले संसद बैठक अघि प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछिमात्रै टुंगो लाग्ने संसद सचिवालयका उपसचिव सुदर्शन कुईंकेलले जानकारी दिए। यसअघि पुस २९ गतेका लागि संसद बैठक बोलाइएपनि सभामुख घर्ती थाइल्याण्डबाट फर्कन केही दिन ढिला हुने भएपछि माघ ५ गतेका लागि सारिएको थियो। सभामुख घर्ती थाइल्याण्डमा उपचाररत पति वर्षमान पुनको स्वास्थ्यस्थिति बुझेर सोमबार बेलुकीमात्रै स्वदेश आइपुगेकी हुन्। मुख्य दलहरुले संसद बैठक अगावै मधेशी दलहरुसंग वार्ता गरेर सहमति गरि संविधान संसोधन प्रस्ताव सहमतिमा पारित गर्ने तयारी गरेको भएपनि मधेशी मोर्चासंग अझै सहमति हुन सकेको छैन् ।


NEPAL NEWS Team
204 views

सम्बन्धित समाचारहरु