Saturday, August 13, 2022

बोहराको सहयोगको लागि रुपन्देही समाजिक संजाल अस्ट्रेलियाको अपिल


  • December 28, 2015


बोहराको सहयोगको लागि रुपन्देही समाजिक संजाल अस्ट्रेलियाको अपिल

सिड्नी । अष्ट्रेलियाको सिड्नीस्थित हर्षभीलमा बसोबास गर्दै आएका पूर्ण बोहराको क्रिसमसको विदा पारेर घुमघामको क्रममा पानीमा डुबेर मृत्यु भएकेमा रुपन्देही समाजिक संजाल अस्ट्रेलियाले एक विज्ञप्ती जारी गरी गहिरो दुःख प्रकट गरेको छ । साथै विज्ञप्तीमा –यस दुःखद घडीमा सम्पूर्ण परिवारलाई धैर्य धारण गर्न शक्ति मिलोस भन्ने प्रार्थना गर्दै हार्दिक समबेदना ब्यक्त गरेको छ ।
एक छोरा र एक छोरीका पिता प्रवासी नेपाली मन्चका सदस्य समेत रहेका बोहरा नेपाली सामुदायिक गतिविधिमा समेत सक्रिय रहने गर्दर्थे । बोहरा परिवारका साथ विदा मनाउन न्यू साउथ वेल्सको नोउरा पुगेका थिए । बोहोरा परिवारसंगै पौडी खेल्दै गर्दा सो दुर्घटना भएको थियो। दुर्घटना लगत्तै उद्धारका लागि सम्वन्धित निकायलाई खबर गरेपनि उद्दार टोली आइपुग्दा धेरै ढिला भैसकेको सँगै गएका सदस्यले बताएका छन् । ९ वर्षदेखि अस्ट्रेलियामा बस्दैं आएका बोहराको निधनपछि आफन्तहरु गहिरो शोकमा डुबेका छन् । सञ्जालका अध्यक्ष राज खनालले विज्ञप्ती जारी गरि नेपाली समुदायलाई सहयोगको आग्रह गरेको छ ।
सहयोगको लागि निम्न बैंक ठेगानामा रकम जम्मा गर्न सकिने छ ।

Account Name: Rupandehi Social Network australia.
BSB 082360
A/C no: 833244966


12 views

सम्बन्धित समाचारहरु