बोहराको अन्तेष्टीका लागि ओएनएफको सहयोगको अपिल


  • December 28, 2015


बोहराको अन्तेष्टीका लागि ओएनएफको सहयोगको अपिल

सिड्नी । क्रिसमस बिदाको अवसर पारेर परिवारसँग बिदा मनाउने सिलसिलामा न्यू साउथ वेल्सको Nowra मा जानु भएका प्रवासी नेपाली मन्च , NSW कमिटीका सदस्य, एवं एक जुझारु मिलनसार सहयोद्धा मित्र पूर्ण बोहरालाई गुमाएको प्रवासी नेपाली मञ्चले एक विज्ञप्ती जारी गरि गहिरो दुख व्यक्त गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, यस्तो दुखदः समाचार सुन्ने बित्तिकै करीब १५ जना ONF Australia का साथीहरु Nowra Hospital पुगेका थियौ। सो अविश्वसनीय दुर्घटना पौडी खेल्दा भएको, साथमा साथिभार्इ र परिवारका सदस्यहरु पनि रहेको र तुरुन्तै हेलिकप्टर एम्बुलेन्स आउँदा पनि बचाउन नसकेको सुन्दा थप स्तब्ध र अचम्मित भयौ। उहाँको पार्थिब शरीर Shoalhaven District memorial hospital, Nowra रहेको छ र यही मंगलवार ( २९ तारिख डिसेम्बर ) मात्र पोस्टमार्टमको लागि सिड्नी पठाउने छ।प्रवासि नेपाली मन्च, अष्ट्रेलियाको तर्फबाट हाम्रा अनन्य मित्र पूर्ण बोहरालाई हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै यस् दुःखद घडीमा सम्पूर्ण परिवारलाई धैर्य धारण गर्न शक्ति मिलोस भन्ने प्रार्थना गर्दै हार्दिक समबेदना ब्यक्त गरेको छ ।

उहाँ आफ्ना नबालक छोरा, छोरी र श्रीमतीका साथ अष्ट्रेलियामा स्थापित हुने क्रममै रहेको र परिवारमा उहाँ मात्र आम्दानीको श्रोत भएको हुँदा अन्तेष्टिका लागि लाग्ने खर्च जुटाउन मन फुकाएर सहयोग गर्नुहुन सम्पूर्ण ONF सदस्य तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गरेको छ ।

Bank details:
Ac name: ONF Australia
BSB: 032078
Ac No: 690335
विनोद श्रेष्ठ
अध्यक्ष
प्रवासि नेपाली मन्च, अष्ट्रेलिया


NEPAL NEWS Team
376 views

सम्बन्धित समाचारहरु