सिड्नी । लमजुङ समाज अष्ट्रेलियाको बसेको आकश्मिक वैठकले गत शनिवार, २६ डिसेम्वर २०१५ का दिन आफ्नो पारिवारिक विदा मनाउने क्रममा न्यु साउथ वेल्स राज्यको नाओरा ( Nowra) पुग्नु भएका पूर्ण वोहोरा नदीमा पौडी खेल्ने क्रममा डुबेर दिवङ्गत हुनु भएकोमा दुख व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखको घडीमा शोक सन्तप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भनि कामना गरेको छ ।
पूर्ण बोहोरा अष्ट्रेलियामा स्थापित हुने क्रममै रहेको र परिवारमा उहाँ मात्र आम्दानीको श्रोत भएको कुरा जानकारीमा आएकोले अन्तेष्टिको लागि लमजुङ समाजले पनि आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हुँदा सम्पूर्ण शुभचिन्तकहरुमा सहयोगको लागि हार्दिक अनुरोध समेत गरेको समाजकी सचिव प्रतिज्ञा अधिकारीले नेपाल न्यूज अस्ट्रेलियालाई बताइन् ।
सहयोगका लागि निम्न बैंक एकाउण्टमा रकम जम्मा गरिदिनु हुन पनि समाजले सबै नेपाली समुदायलाई आग्रह गरेको छ ।
Account Name: Pratigya Adhikari
BSB no: 062303
Account no: 10517471