Saturday, December 2, 2023

झापाको शैक्षिक बिकासका लागि अष्ट्रेलियामा क्रुज पार्टी


  • December 28, 2015


झापाको शैक्षिक बिकासका लागि अष्ट्रेलियामा क्रुज पार्टी

सिड्नी । झापाको शैक्षीक बिकासका लागि झापाली समाज अष्ट्रेलियाले आगामी जनवरी १६ तारिखका दिन क्रुज पार्टीको आयोजना गर्ने भएको छ । झापामा रहेका सार्वजनिक विद्यालयहरुको स्तरोन्नति गर्ने योजना अघि सारेर १० वटा विद्यालयलाई सहयोग सुरु गरेको समाजले यही कार्यलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष दिपक खनालले बताए । खनालका अनुसार झापाका १० विद्यालयलाई ३० लाख प्रदान गरीसकेको यस संस्थाले कोही पनि विद्यार्थी गुणस्तरीय शिक्षाको अवसरबाट बञ्चित हुन नपरोस् भनी अभियान चलाएको हो । क्रुज पार्टीमा सहभागी भएर समाजका लागि योगदान पनि दिन सकिने भन्दै संस्थाका अध्यक्ष दिपक खनालले मनोरञ्जनात्मक कार्यक्रमान सहभागि हुन आग्रह गरेका छन ।। कार्यक्रममा सहभागी हुनका लागि ६० डलर टिकट शुल्क तोकिएको छ भने १२ वर्षमुनीका बालबालिका लागि ३० डलर टिकट लाग्ने पनि खनालले जानकारी दिए । “नयाँ वर्षको अवसरमा वर्षभरिका लागि नयाँ ऊर्जा र उत्साह प्राप्त गर्ने तथा साथीभाई जमघट हुने अपूर्व अवसर पनि हो । यसका साथै समाजसेवामा पनि योगदान गर्न सकिने भएकोले कार्यक्रममा सहभागी भइदिन नेपाली समूदायका सबै सदस्यहरुलाई हामी आग्रह गर्दछौं ।” समाजका अध्यक्ष खनालले आग्रह गरे । बास्तबमा प्रवासमा रहने हरेक समाजका सदस्यले आआफ्नो क्षेत्रमा बिकास निमार्णको बिषयमा यसरीनै सहयोग गर्ने हो भने मुलुकको मुहार फेरीन समय लाग्ने छैन , झापाका भुपाल सिटौला बताउछन । उनि झापाली समाजले खेलकुददेखि हरेक खाले सामाजिक कार्यमा समाजले सहयोग पुर्याउदै आएकोमा प्रशन्न ब्यक्त गर्छन ।


NEPAL NEWS Team
193 views

सम्बन्धित समाचारहरु