Saturday, April 13, 2024

बोहराको खोलामा डुबेर मृत्यु


  • December 28, 2015


बोहराको खोलामा डुबेर मृत्यु

सिड्नी । अष्ट्रेलियाको सिड्नीस्थित हर्षभीलमा बसोबास गर्दै पूर्ण बोहराको घुमघामको क्रममा पानीमा डुबेर मृत्यु भएको खबरले यतिवेला अष्टेलियाको नेपाली समुदाय स्तव्ध भएको छ । पूर्ण बोहोरा सिड्नीवासी नेपाली समूदायमाझ परिचित व्यक्तित्व थिए । एक छोरा र एक छोरीका पिता प्रवासी नेपाली मन्चका सदस्य बोहोरा नेपाली सामुदायिक गतिविधिमा समेत सक्रिय रहने गर्दर्थे । यसै वर्षको एन.आर.एन अष्ट्रेलियाको निर्वाचनमा एन.एस.डव्लुको सदस्य पदका उम्मेदवार समेत रहेका बोहरा परिवारका साथ विदा मनाउन न्यू साउथ वेल्सको नोउरा पुगेका थिए । बोहोरा परिवारसंगै पौडी खेल्दै गर्दा सो दुर्घटना भएको हो । दुर्घटना लगत्तै उद्धारका लागि सम्वन्धित निकायलाई खबर गरेपनि उद्दार टोली आइपुग्दा धेरै ढिला भैसकेको सगै गएका सदस्यले बताएका छन । ९ वर्षदेखि अस्ट्रेलियामा बस्दैं आएका बोहोराको बिधनपछि आफन्तहरु गहिरो शोकमा डुबेका छन् ।
अष्ट्रेलियामा डुबेर ज्यान गुमाउने प्रत्येक ९० जनामा १ जना नेपाली रहेको तथ्यांकले बताइरहँंदा यस वर्ष मात्रै ३ नेपालीले अष्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाएका छन् । यसअघि २२ वर्षीय नेपाली युवा अनिस क्षेत्रीको पानीमा डुबेर मृत्यु भएको थियो । विशेष गरी चाड पर्वका अवसरमा अष्ट्रेलियामा थुप्रै दुर्घटनाहरु हुने गर्दछन् ।


NEPAL NEWS Team
254 views

सम्बन्धित समाचारहरु