सिड्नी । नेपाल आदिवासी जनजाती मन्च अस्ट्रेलियाले एक कार्यक्रमको आयोजना गर्दै जनजातीको अधिकारका बिषयमा आवाज बुलन्द गरेको छ । आफ्नो नर्वा बािर्षक साधारणसभाको उपलक्ष्यमा आयोजित कार्यक्रमका बक्ताहरुले अधिकारको सवालमा राज्यको ब्यबहार सौतेनीपुर्ण रहेको बताए ।
संघियताको सवालमा राज्य जनजातीलाई अधिकार दिनवाट डराएको भन्दै अधिकांश बक्ताहरुले जातीय बिभेद बढ्दै जाने हो भने मुलुकले दुरगामी असर झेल्नु पर्ने बताए ।
कार्यक्रममा संघिय गणतान्त्रिक जनमुक्ती पार्टीका नेता राम बहादुर तुम्बाहम्फेले जनजातीलाइ राज्यले रैतिको नजरले हेर्ने गरेको नागरिकको अधिकारको लडाइ लडिएको बताए । हामी यस देशको नागरिक हौ र त्यसका लागि हामीले सबै समान अधिकार पाउनुपर्छ भन्ने आवाज उठाएका हौ , राम बहादुरले बताए । उनले संघिय राज्यको लागि आफ्नो पार्टीले बर्षौ देखि लडाइ लडेको हुनाले अहिले आएर यसको जस लिन काग्रेश ,एमाले र माओबादी लागि परेको समेत उनले सुनाए ।
कार्यक्रममा संघियसमाजबादी पार्टीका नेपा प्रदेश प्रमुख नुच्छे महर्जनले राज्यले परापुर्व देखि बिभेदपुर्ण ब्यबहार गरेको कारण आजको अवस्था आएको बताए । उनले नेपाल राजइ एकिकरणदेखिनै बिभेदको शासनका कारण कयैन जातिय संरचना ध्वस्त भएको बताए ।
जात भन्दा पनि जातिय बिभेदका कारण मुलुक अगाडि बढ्न नसकेको बताउने महर्जनले मधेशको आन्दोलन अधिकारको लडाइ रहेको जिकिर गरे ।
कार्यक्रममा जन सम्पर्क समितीकातर्फवाट बोल्दै छिरिङ्ग तेन्जी लामाले जातिय अधिकारका नाममा बाहुनलाई गाली गर्नु बेकार भएको बताए । आफु एकजुट हुन नसक्ने र खुट्टा तान्ने परम्परावाट ग्रसीत भएको कारण जनजातीहरु अधिकारको लडाइमा सफल हुन नसकेको लामाले बताए । मन्चका अध्यक्ष चित्र तुम्बाहम्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै एनआरएनका उपाध्यक्ष दिनेश पोखरेलले प्रवासमा रहेका हामी सबै नेपाली भएकाले हामी बिच मनमा फाटो राख्नु नहुने बताए । समाजीक सदभाव र आपसी एकतानै अहिलको आवश्यकता रहेको बताउदै पोखरेलले एनआरएनले जातिय अधिकारका सवालमा कार्य गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा एनएडीएफका अध्यक्ष बालचन्द्र भट्टराइले प्रवासमा पहिलो बिषय भनेको हामी बाहुन, क्षेत्री ,जनजाती नभइ नेपालीका रुपमा चिनिनुपर्ने बताए । उनले एकथरीले भारतको विरोध गर्ने र अर्कोथरीले समर्थन गर्ने हाम्रो चरित्रले अस्ट्रेलियामा नेपाली समाजलाई हेर्ने दृष्टिकोणमा फरक पर्ने उनले बताए ।
कार्यक्रममा तामाङ सोसाइटीका अध्यक्ष अरुण तामाङले अधिकारको लडाइमा मधेशको मागमा राज्य कठोर भएकोमा भत्र्सना गर्दै तुरुन्त मागको सम्वोधन गरेर अगाडि बढन आग्रह गरे । एशोसिएसन अफ तराइ नेपालका उपाध्यक्ष अरुण ठाकुरले राज्यले मधेशमा क्रुर दमन गरेको र राज्यसत्ता र संचारगृह समेत मधेश बिरोधी भएको आरोप लगाए । उनले यत्रो मान्छे मर्दा समेत राज्य गम्भीर नभएको भन्दै आक्रोस पोखे । कार्यक्रममा जनजाती मन्चका सल्लाहकार गणेश तामाङले समेतले अधिकारको लडाइलाई भारतसँंग जोड्नु नहुने बताए । उनले एनआरएन सत्ताको साझेदार भएको हुँंदा आफुहरु त्यसको विरोधी हुनु परेको समेत सुनाए ।