Saturday, December 2, 2023

लचकता देखाउन मधेसी नेतालाई भारतको आग्रह


  • December 7, 2015


लचकता देखाउन मधेसी नेतालाई भारतको आग्रह

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा जारी मधेस आन्दोलन सम्बोधन भएमात्र नेपाल–भारतबीच अहिले देखिएको परिस्थिति सहज हुने बताएकी छन्। भारतको निमन्त्रणामा नयाँदिल्ली आइपुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँग आइतबार भएको भेटमा स्वराजले त्यस्तो धारणा व्यक्त गरेकी हुन्। दिल्ली आएका मोर्चाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र यादवलाई स्वराजले नयाँदिल्लीस्थित हैदराबाद हाउसमा रात्रिभोज पनि दिएकी थिइन्। त्यस क्रममा स्वराजले नेपालको संविधान बृहत् अपनत्वसहितको हुनुपर्ने, मधेस आन्दोलनको तत्काल राजनीतिक समाधान हुनुपर्ने र त्यसैका आधारमा परिस्थिति सहज हुने बताएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले जनाएका छन्। स्वरूपले स्वराजको भनाइ उद्धृत गर्दै ट्विट गरेका छन्, ‘नेपालको संविधान समावेशी हुनुपर्नेमा भारतले जोड दिँदै आएको छ।’ अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
441 views

सम्बन्धित समाचारहरु