नाकाबन्दीको विरोधमा चन्द माओवादीको बन्द


  • November 29, 2015


नाकाबन्दीको विरोधमा चन्द माओवादीको बन्द

काठमाडौं । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण आइतबार उपत्यकामा कममात्र सवारीका साधन सञ्चालन भएका छन् । इन्धन अभावका कारण कममात्रै सवारी साधन गुडेका कारण पनि विप्लव माओवादीले आह्वान गरेको बन्दको असर देखिएको छ ।

यद्यपी बाहिरबाट उपत्यका भित्रिएका रात्रिबस चलेको भएपनि अहिले अन्य सवारी न्यून रुपमा मात्रै सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ । भारतीय नाकाबन्दीको विरोधमा आज बन्द आह्वान गरेको विप्लव माओवादीले जनाएको छ ।

यसैबीच चन्द माओवादीले आह्वान गरेको बन्दलाई सफल बनाउन भन्दै हिँडेका २० जना बन्दकर्ता पोखरामा पक्राउ परेका छन् ।बन्दको प्रभाव देशभर नै समान्य रहेको बताइएको छ ।


NEPAL NEWS Team
222 views

सम्बन्धित समाचारहरु