प्रचण्डले सुटुक्क मधेसी मोर्चाका नेतालाई भेटे


  • November 25, 2015


प्रचण्डले सुटुक्क मधेसी मोर्चाका नेतालाई भेटे

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसमा आन्दोलनरत दलका नेतासँग अनौपचारिक भेटघाट गरेका छन् । माइतीघर मण्डलानजिकैको एक घरमा मंगलबार अपराहन मोर्चा नेतालाई भेटदै उच्चस्तरीय राजनीतिक समन्वय समिति संयोजकसमेत रहेका दाहालले सीमांकनलगायत विषयमा छलफल गरेका हुन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, तमसपा अध्यक्ष महेन्द्र राय यादव र सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी थिए । मधेसी मोर्चासँगको छलफलले सहमतिको आधार बनेको दाहाललाई उद्धृत गर्दै सहयोगी चूडामणि खडकाले बताए । ‘मधेसवादी दलसँग भएको छलफलका आधारमा अध्यक्षले प्रधानमन्त्रीलाई भेटदै हुनुहुन्छ,’ उनले भने, ‘छुट्टाछुट्टै कुराकानीपछि कांग्रेस र एमालेसँग बसेर विषयवस्तु टुंग्याउने कुरा भएको छ । अब यो मुद्दा टुंगिने दिशातर्फ अघि बढेको छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
215 views

सम्बन्धित समाचारहरु