सिड्नी । व्यस्त जिवन र तनाबका बिच मानसिक बिचलनको बढ्दो समस्यालाई मध्यनजर गरेर नेप्लीज अस्ट्रेलियान डेमोक्रयाटिक फोरम (एनएडीएफ)ले आइतबार एक दिने मेन्टल हेल्थ अवरनेस कार्यक्रमको सम्पन्न गरेको छ । पछिल्लो बर्षदेखि सुरु गरेको यो अभियान निकै प्रभावकारी रहेको संस्थाका अध्यक्ष बालचन्द्र भट्टराइले बताए ।
नेपालमा मानसिक स्वास्थका बारेमा खुलेर बहस नगरेका कारण कयैन समस्याहरु घर भित्रै दब्ने कुरा सिड्नीका नेपाली चिकित्सक प्रबिण पाठकले बताए । उनले यो समस्या निकै ठुलो र यसका कारण कयैन परिवार बिचल्लीमा परेको बताउदै समुदायमा फैलीएको यो समस्यालाई बेलैमा निदान गर्नु पर्ने बताए । लुकाएर राख्नु नहुनु समस्याका रुपमा मानसिक स्वास्थलाई लिनु पर्ने डा पाठकले बताए ।
चेतनाको कमी र लापरबाहीले पनि मानसिक स्वास्थलाई बढावा दिने काम गरेको छ ,एनएडीएफकी सदस्य तथा मानसिक स्वास्थ कार्यक्रमकी संयोजक जानकी पौडेलले बताइन । यो रोग हो ,यसको पनि निदान हुन्छ भन्ने कुरामा हामी लाग्दैनौ र यो बढ्दै जाँंदा नराम्रो परिणामको भागीदार बन्नुपर्छ , यसमा बेलैमा सचेत हुनुपर्छ पौडेलले भनिन ।
मानसिक स्वास्थ गम्भीर चुनौतीका रुपमा देखिएको समस्या हो , सिड्नीमा कार्यरत नेपाली चिकित्सक बाबुराम बस्ताकोटीले बताए । उनले नेपाली समाज बढ्दै जाँंदा यसका बारेमा चेतना फैलाउनु निकै जरुरी रहेको बताए ।
बिशेषगरी लागुपर्दाथ, जुवाको लतमा फसेका र पारिवारीक कलहमा परेकाहरु मानसिक रोगीका रुपमा देखिएको अनुभव यहा बढि पाइएको छ । यसले पनि नेपाली समाजमा मानसिक स्वास्थका बारेमा चेतना जगाउन जरुरी छ , आयोजक संस्थाका सदस्य कृष्ण गीरीले बताए । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, उपाध्यक्ष दिनेश पोखरेल तथा दिनेश जोशीले मानसिक स्वास्थका बारेमा प्रकाश पारेका थिए । बिभिन्न संस्थाका सहभागि सदस्यहरुले करिब आधा घन्टा साइकलको यात्रा पुरा गरेका थिए ।